फेसबुकको न्युजफिडमा परिवर्तन गर्ने जुकरवर्गको घोषणा

जीवनशैली

काठमाडाैं । फेसबुकको न्युज फिडमा ठूलो परिवर्तन गर्ने कार्यकारी प्रमुख मार्क जुकरवर्गले घोषणा गरेका छन् । फेसबुकमा बिताइएको समय अर्थपूर्ण बनाउने प्रयासस्वरुप न्युजफिडमा परिवर्तन गर्ने निर्णय लिइएको बिहीबार उनले जनाएका छन् ।

यससँगै न्युजफिडमा साथी तथा परिवारका सदस्यहरुको स्टाटस अपडेट सबैभन्दा माथि देखिने र समाचार तथा ब्राण्डहरुले प्रकाशित गरेका पोस्टलाई कम महत्व दिने भएको छ । झुठो समाचार, अमेरिकी निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेप तथा विभिन्न अनुसन्धानहरुले फेसबुकले प्रयोगकर्ताको स्वास्थ्यमा पारेको नकारात्मक प्रभाव, आदिका विषयमा गत वर्ष चर्को आलोचना भएपछि फेसबुकले यस्तो कदम चालेको थियो ।

One of our big focus areas for 2018 is making sure the time we all spend on Facebook is time well spent.We built…

Gepostet von Mark Zuckerberg am Donnerstag, 11. Januar 2018

यसका लागि आइन्दा फेसबुकले ‘प्रासंगिक सामग्री’ को सट्टा ‘अर्थपूर्ण सामाजिक अन्तर्क्रिया’ लाई न्युजफिडमा प्राथमिकता दिने भएको हो । -एजेन्सी 

Leave a Reply

Your email address will not be published.