पुराना दिनका याद दिलाउने कुरा एक्कसी हिजो गर्नु पर्यो- चिते/चितुवा सम्बन्धी ।
हिजो म अपर्झट मेडिकल गएं । टोकन सिस्टम अनुसार मेरो पालो 2 नम्बर काउण्टरमा पर्यो । म गएर बसें । नर्सले इमिरेटस आइडी माग्यो । मैले दीएं । करिब 2/3 मिनेट पछि मेरो मुखमा सिधै हेरेर एक्कासी एसो भन्यो- ” तुम तो चिते जैसा लग्ता है, पहाड्मे रहनेवाला हो ? ।
मैले पनि भने-” आप एइसा बात कैसा कररहा है म्याम ?
उस्ले फेरि भन्यो- ” तुम देख्तै एइसा तो मे और क्या बोलुङ । मेरा गाउमे भि तुम जैसा चीतेलोग बहुत मिलता है । बहुत अच्छा लोग होता है चितेलोग । ओ एरियाका नम चितागाउं बोल्ते है ।
यति भने पछि मेरो प्रेसर चेकिङ तिर लागिन । म चुप चाप सोचिरहे –
उ बेला म गाउकै स्कुलमा पढ्दा लाफे तिरका क्षेत्री साथिहरुले एकाद बेला झगडा पर्दा साफी नै चितुवा भन्थे । त्येस माथी पनि थपेर किरुवा पनि भन्थे । स्कुलको कुरा त साथी साथी को भै हाल्यो तर प्यांमे काकाले त मलाई देख्ने बितिकै – ए चितुवा तेरो दाइ घरमा छ छैन……? नभनेको बेलै हुन्नथ्यो । कुले, डम्मरे, नरे, लोकेहरुले त हामिलाई चितुवा नभन्ने कुरै थिएन किन कि जाड खानेले बोल्ने भासा प्राय मिल्छ नै ।
एक दिन त्येस्तै भयो टारक्वामको ढ्वाङ्कुम ड्याबामा-
हामी खचापु देखिन थुप्रै साथिहरु केरा, आँप, खुर्सानी जस्ता सामान बिक्रीको लागि बोकेर ओखलढुङ्गा हटीया गएका थियौ । टारक्वामको त्यो ढ्वाङ्कुम ड्याबामा बिसाउदै गर्दा, माथी बाट एक जना कालो रङ्गको सिलिखुत्ते मान्छे आएर हाम्रै आस पास बिसायो र के के कुरा गर्दै मेरो डोको तिर आएर छामछाम छुम्छुम गर्न थाल्यो ।
मैले एक्कासी एसो भनी पठाएं-
ला ! आम्याक नाक्या आ भारी ख्याल्टुम , ट्या आस पाचाम ? हेपा खाम्सिया आल्वास ठियो (ला यस्ले अघि मेरो भारी छुयो, अब के गर्ने ? भात तिहुन यसैमा थियो ) ।
मेरो कुरा सुन्ने बितिकै त्यो मान्छेले त यसो पो भन्यो- ए चितुवा, तैले मलाई कामी भनेको ? म कामी होइन । तेरो सबै छुन मिल्छ मैले ।
फेरि म दङ्ग परे, मन मनै गमें यो जाठालाई राई भासा पनि आउँछ ? ट्वाल्ल पर्दै हेरें, म कामी पनि होइन भन्छ अगुल्टोको ठुठा जस्तो पनि छ । मैले फेरि बोल्ने हिम्मत गरें- लिमा आच्वाल्काड उन कामिस टिनुम ( न ढाट तं कामी नै होस ) ।
अब त्यो कालो मान्छेले मलाई होइन अरु कसैलाई भन्यो- लु यो चितुवालाई सम्झाउ रामरी ।
उ गए पछि एक जना साइनोमा काका पर्ने ले भन्नू भयो- साइल आम मुयोडा खत्री ड्याल्ल्वाम बाजिक्यास्या । कामिडा आटिस्या ( साइला यो मान्छे त खत्री गाउको क्षेत्री हो, कामी होइनक्या ) ।
सुन्नु भयो ? म चितुवा/ चिते भन्ने कुरा ।
मानेभन्ज्याङ–३ खचापु, ओखलढुंगा
हाल– दुबाई ।
हाल– दुबाई ।
साभार : https://www.facebook.com/mumche.rai