अफगानिस्तानको काबुलमा भएको बम विस्फोटमा ४० को मृत्यु

प्रवास

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा भएको आत्मघाती बम विस्फोटमा परेर कम्तिमा पनि ४० जनाको ज्यान गएको छ ।

अरु १ सय ४० जना घाइते भएका छन् । आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ भरेको एम्बुलेन्सलाई लगेर प्रहरीको चेकपोष्टमा विस्फोट गराएको बिबिसीले जनाएको छ ।

तालिवान विद्रोहीले आक्रमणको जिम्मेवारी लिएका छन् । काबुलमा एक हप्तामा भएको यो दोश्रो ठूलो आक्रमण हो । यसअघि काबुलको एक सुविधासम्पन्न होटलमा तालिवान विद्रोहीले गरेको आक्रमणमा २२ जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published.