शुभलाभ सहकारीको २३औं वार्षिकोत्सवमा सम्मान

अर्थ / वाणिज्य समाचार

लिभु संवाददाता
ललितपुर । शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त समारोहमा संस्थाका अध्यक्ष तिखबीर राई तथा संचालक समितिका पदाधिकारी सदस्यले संस्थाको वेबसाइट शुभलाभ डट कुप डट एनपी र भिडियोसहित शुभलाभ गानको विमोचन तथा एटीएम कार्डको शुभारम्भ गर्नुभयो ।

संस्था संचालक समितिका सदस्य सरिता राईले रचना गर्नु भएको ‘शुभलाभ गान’लाई वरिष्ठ संगीतकार शान्तिराम राईको संगीत तथा चर्चित गायिका मेलिना राईले गाउनु भएको छ । समारोहमा गानका रचनाकार र संगीतकारलाई सम्मान गरिएको थियो ।

शुभलाभ सहकारीको २ हजार १ सय ९७ महिलासहित ४ हजार १ सय १० जना सदस्य रहेका छन् । उक्त सदस्यमध्ये उमेर ७० वर्षमाथिका २५ जना सदस्यलाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरिएको थियो । दश वर्ष सेवा पूरा गरेका कर्मचारी वरिष्ठ लेखा अधिकृत वाङ्दी शेर्पालाई कदरपद प्रदान गरिएको थियो ।

अध्यक्ष राईले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रगति प्रतिवेदन तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । संस्थाको कुल सम्पत्ति १ अर्ब ३४ करोड ५३ लाख ५९ हजार १ सय २५ रुपैयाँ रहेको छ । गत आवमा आय १४ करोड ६८ लाख ५३ हजार २ सय ४१ रुपैयाँ र व्यय १३ करोड ५० लाख ८३ हजार ३ सय ७३ रुपैयाँ रहेको अध्यक्षले जानकारी दिनुभयो ।

यसैगरी कोषाध्यक्ष आङदावा शेर्पाले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक बीरेन्द्रकुमार लाखे श्रेष्ठले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संचालक समितिका उपाध्यक्ष क्या. हिमाल राईले स्वागत मन्तव्य र सदस्य सरिता राईले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

https://shubhalabh.coop.np/en

Leave a Reply

Your email address will not be published.