यायोक्खाको ३३औं वार्षिकोत्सवमा दुई सचिवलाई सम्मान

समाचार

लिभु संवाददाता
काठमाडौं– नेपाल सरकारले हालै बढुवा गरेका दुई सचिवलाई समुदायले सम्मान प्रदान गरेको छ । किरात राई यायोक्खाले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीमा सचिवद्वय सागरकुमार राई र बीरबहादुर राईलाई सम्मान गरेको हो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले उक्त सम्मान प्रदान गरेका हुन् । यायोक्खाका अध्यक्ष दिवस राईले कोभिड–१९ को कारण विद्यार्थी छात्रवृत्ति तथा अन्य सम्मानका कार्यक्रमहरू स्थगित गरिएको बताए । कोटेश्वरस्थित यायोक्खा कार्यालय सुम्निमा हलमा करिब सय जना उपस्थित समारोहमा सहभागीलाई किराती परिकारले स्वागत गरिएको थियो ।

तस्बिर : गणेश वाम्बुले राई

Leave a Reply

Your email address will not be published.