चीन भ्रमणबाट दुई देश बीचको राजनीतिक सम्बन्ध थप सुदृढ ः प्रमओली

राजनीति समाचार

लिभु संवाददाता
काठमाडौं,असार । प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता,आपसीविश्वासमा वृद्धी भइ राजनीतिक सम्बन्ध थप सुदृढ भएको बताउनु भएको छ ।
चीनको ६ दिने राजकीय भ्रमण पुरा गरी आज स्वेदशफर्के पछि त्रिभूवनविमान स्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले रेलमार्ग, उर्जा, यातायात,भौतिकपूर्वाधार ,लगानी पयर्टन जस्ता क्षेत्रमा भएका सम्झौताले नेपालको दीर्घकालिन आर्थिक सहयोगको खाकातयार भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीकातर्फबाट जारी गरिएको प्रेस नोटमा जनाइए अनुसार दुवै देशबीच हस्ताक्षर सम्पन्न भएको रेल्वे कनेक्टिभिटीको लागि सहयोग सम्बन्धी समझदारी पत्र एक महत्वपूर्ण दस्तावेज भएको उल्लेख छ ।
“समृद्ध नेपाल,सुखी नेपाली”को अभियानलाई सफल बनाउन छिमेकीसँगको सहकार्य सुनिश्चितगर्ने प्रयासको सिलसिलामा आफूले मित्र राष्ट्रको भ्रमण गरेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भएको छ ।

नेपालको विकास नेपालीले नै गर्ने भए पनि आर्थिक समृद्धिका लागि छिमेकीहरुसँग भएका सहमतीहरुको प्रभावकारी कार्यन्वयनमा केन्द्रितहुनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो ।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि चिनफिङलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको र उहाँले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published.