कोशकार अविनाथ राईको संस्मरण डायरी ‘लकडाउनमा आफन्तजनको सम्झना : २४ दाइ र भान्जी’

बिशेष विचार / ब्लग

लकडाउनमा आफन्तजनको सम्झना : २४ दाइ र भान्जी

अविनाथ राई र ‘क्वाल खातिर’ (एउटा बिस्मात) कविता संग्रह

अन्ततः नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९)को कारणले लकडाउन (बन्दाबन्दी) भएरै छाड्यो । २०७७ साल चैत्र ११ गते पहिलो लकडाउन हुँदा कोरोना संक्रमित संख्या केवल २ (दुई) थियो । लकडाउनलाई १२० दिन (२०७७ साल साउन ६) पछि हटाइएको थियो । जुनबेला देशमा लकडाउन गरियो त्यो बेलाको स्थिति अत्यन्त असामान्य, त्रस्त–संत्रस्त र भयावह थियो । डिसेम्बर महिना (२०१९)मा उत्तरी छिमेकी देशमा भेटिएको भनिएको उक्त महाव्याधिको विषाणु (भाइरस) प्लेन चढेर, गाडी चढेर र पैदल हिँडेर हामीकहाँ मार्च महिना (२०२०) मा मात्र आइपुगेको थियो । यहाँ आउन अगाडि विश्वका विभिन्न देशहरूमा मानवीय क्षति पु¥याइसकेको र ती देशहरूले लकडाउनको अभ्यास समेत गरिसकेकाले नेपालमा लकडाउन अपेक्षित नै थियो ।

तर पनि अप्रत्याशित जस्तो लागेको थियो । शहर छोडेर गाउँ जानेहरूको घुइँचो, पश्चिमी सीमा–नाकाहरूमा नेपाल फर्किनेहरूको लर्को, सडकमा एम्बुलेन्स र प्रहरी भ्यानको साइरन, प्रहरी गस्ती, ठाउँ–ठाउँमा सवारी साधन चेकिङ÷होल्डिङ आदिले पनि हुनसम्मको त्रास पैदा गराएका थिए । सुविधा सम्पन्न विकसित राष्ट्रहरूलाई त अस्तव्यस्त बनाउन सक्ने कोरोना हामी जनशक्ति, अस्पताल, बेड, आइ.सि.यु., भेन्टिलेटर, अक्सिजन आदिको हिसाबले सुविधाविहीनहरूकोमा आएपछि हाम्रो स्थिति के हुने हो भन्ने कल्पनाले मात्र पनि थप पीडा दिएको थियो । उपचार र अन्तर्विष्ट (कन्टेन) विधि थाहा नभएको भनाइले पनि डरको मात्रा बढाएको थियो ।

साँच्चिकै भन्नुपर्दा २०७२ सालको भूकम्पपछि अर्को पटक एकदमै निःसहाय र निरीह महसुस गरिएको थिए । लकडाउन शब्द नै नयाँ थियो । लकअप (हिरासत) शब्द सुनिएको तर लकडाउन भने सुनिएको थिएन । सुन्न पाइयो । त्यो शब्दले अलिपछि गएर बन्दाबन्दी नेपाली अनुवाद पाएथ्यो । हो त्यहीँ बन्दाबन्दी नेपालमा भएथ्यो । अत्यन्त आवश्यक काम बाहेक घरबाट बाहिर जान नपाइने भन्ने सुनिएकोले बन्दाबन्दीको समयलाई कसरी उपयोग गर्ने भनेर अनेक उपायहरू सोचिएथ्यो । तीमध्ये परिवारजन लगायत आफन्तजन, मित्रजन र शुभचिन्तक जनहरूसँग उपलब्ध उपयुक्त सञ्चार माध्यम (मोबाइल कल, एस.एम.एस., भाइबर, फेसबुक मेसेन्जर, इमेल आदि)बाट सम्पर्क गरेर छेमकुशल विनिमय गर्दै स्वाथ्य–सावधानी अपनाउन अनुरोध गर्ने सोचाइ सबभन्दा उत्तम लागेथ्यो ।

उक्त उपायलाई ‘डे वान’ (लकडाउनको पहिलो दिन)देखि नै कार्यान्वयनमा ल्याइएको थियो । सुरूका दिनहरूमा (नम्बर भएकोले) मोबाइल कल र एस.एम.एस. र त्यसपछि फेसबुक मेसेन्जर, भाइबर र इमेल प्रयोग गरिएको थियो । यो प्रक्रिया लगभग लकडाउन अवधिभर नै चलेथ्यो । सकभर घरपरिवार, दाजुभाइ, मावली, ससुराली, चेलीबेटीहरू, अन्य आफन्तजनहरू, परिचित साथीभाइहरू र शुभचिन्तकहरूलाई समेट्ने प्रयास गरिएको थियो ।

पछि विश्लेषण गर्दा दोहोरो संवाद गरिएकाहरूको संंख्या सात सय नाघेको पाइएथ्यो । यसमा असी प्रतिशत जतिको हिस्सा साथीभाइको थियो; जुन स्वभाविक पनि थियो किनभने ३२ वर्षको जागिरे जीवन उहाँहरूको नै सामिप्यता, सहकार्य र सहयात्रामा बितेको थियो । घरमा नै बसि–बसि धेरैजनासँग जोडिएर आत्मीयता साट्न पाउँदा औधी सुखानुभूति भएको थियो । कुनै निश्चित मापदण्ड र विधिविना आफ्नै (¥यान्डम) किसिमले गरिएको सम्पर्कले देशको सिमाना नाघेर पूर्वदेखि पश्चिमसम्मकै विश्व भ्रमण गरेको कुरा विश्लेषणकै क्रममा थाहा लागेको थियो ।

सुदूर पूर्वको न्यूजिल्यान्ड (अकल्यान्ड र विलिङ्टन शहर) देखि जापान, अस्ट्रेलिया, सिंगापुर, मलेसिया, थाइल्यान्ड, भारत, अफगानिस्तान, अस्ट्रिया, बेलायत, क्यानाडा हुँदै विश्वको सुदूर पश्चिममा रहेको अमेरिकाको क्यालिफोर्निया राज्य (सन्फ्रान्सिस्को शहर)सम्मकै परिवारजन, आफन्तजन र मित्रजनहरूसँग भलाकुसारी गरिएछ । काठमाडौं उपत्यका र गाउँघरमा रहनु भएका परिवारजनहरूसँगको नियमित संवादलाई विस्तारिकरण गर्ने क्रममा दाजुभाइ खलक, मावली खलक (जो भतिजा पुस्ताका मात्र छन्) र चेलीबेटी खलकहरूको मोबाइल नम्बर सोधखोज गरेर सुद–दुःख साटिएको थियो । साइनो अनुसारको सम्बोधन गर्दै आफ्नै मातृभाषा (वाम्बुले राई)मा सुखदुःख र गाउँघरका कुरा गरिएको थियो ।

‘फलानोले गाउँघर बिस्र्यो – हामीलाई चिन्दैन’ भन्ने कतिपयहरूलाई छक्क पार्दै ‘मनलाई गाउँघरमा नै छोडेर तनमात्र लिएर परदेश हिंडेको’ सानो दृष्टान्त प्रस्तुत गरिएको थियो । धेरैजनासँगको दोहोरा वार्तालापलाई वर्ग वा समूह (घरपरिवार, दाजुभाइ, मावली, ससुराली, चेलीबेटी, अन्य आफन्तजन, परिचित साथीभाइ र शुभचिन्तक) मा राखेर सो अन्तर्गत छुट्टाछुट्टैे टिपोट पनि गरिएको थियो ।

उक्त टिपोटको औचित्य र उपादेयता सम्बन्धमा केही भन्नुछैन तरै पनि विषम परिस्थितिमा लेखिएको हुनाले पठनीय र रोचक नै हुन्छ जस्तो लाग्छ । तत्कालीन मानसिक र शारीरिक गाह्रो–साँगुरोलाई सकभर मिहिन तरिकाले प्रस्तुत गर्न खोजिएको छ । जस्तो कि लकडाउनमा फसेर अड्किनेहरूलाई यी ठाउँहरूमा भेटिएका थिए – नाति पेशल राई (धनकुटाबाट कटारी आउँदै गर्दा तरहरामा), मित्रेङ् पो (अमृत) दाइ (भाउजूलाई उपचार गर्न ल्याउँदा लुभुमा), भतिज धिताराज (गाउँबाट इटहरी जाँदै गर्दा तित्रिबोट, कटारीमा), काठमाण्डू आउन नसकेर भान्जा लोकेन्द्र राई हिलेपानीमा, मित्र हेम सुवेदी बागलुङमा, मित्र गोबिन्द बानियाँ ज्यामिरे, ओखलढुंगामा, पूर्व तालिम प्रमुख सुरेन्द्रमणि त्रिपाठी तराईतिर (काठमाडौं फर्केपछि कोरोनाको नै कारणले दुःखद निधन पनि भइसकेको छ), मित्र अर्जुन पुडासैनी अमेरिकाको भर्जिनियामा (भिसा म्याद र औषधि सिद्धिएको अवस्थामा), मित्र गोविन्द गिरी प्रेरणा भारतको वृन्दावन आश्रममा, छिमेकी बहिनी बालकुमारी राई (अमेरिकाको नेब्रास्कामा), मित्र मानसिङ गुरूङ (द. कोरिया फर्कन नसकेर काठमाण्डूमा), छिमेकी बहिनी निर्मला गुरूङ (गायक अमृत गुरूङकी पत्नी) पुम्दीभुम्दी, कास्की फर्कन नसकेर छोरीसहित काठमाडौंमा …..आदि आदि ।

त्यस्तै, नेपाल र भारतका सुरक्षा क्षेत्रमा कार्यरत चार जना वाम्बुले युवाहरूसँग पनि सम्पर्क गरेको थिएँ । नेपाल प्रहरीका प्र.नि. टिकाराम राई जुवाइँ सा’बले ‘घरमा नै रही अध्ययन गर्ने मौका पाएको छु हजुर’ भन्नु भएको थियो । उहाँ विद्यावारिधिका शोधार्थी हुनुहुन्छ । सशस्त्र प्रहरीबलका टिका राई (भाइटिका) भान्जाले ‘केचनाको बि.ओ.पि.मा छु मामा’ भन्नु भएको थियो । भारतमा कार्यरत अप्सन क्याम्पाराई भतिजले ‘कोलकातामा सरूवा भएर पनि लकडाउनले गर्दा कश्मीरमा नै छु पापकान्छा’ भनेर लेख्नु भएको थियो भने अर्को वाम्बुले युवा रिबो वाम्बुले राई (छत्तिसगढमा कार्यरत) ले भने मेसेन्जर कलमा ‘ठीकै छु दाजू’ भन्दै हुनुहुन्थ्यो । कल त्यो दिन र बेला भएको जुन दिन र बेला ‘जीन्यूज’ (भारतीय समाचार च्यानल) ले भारतमा कुल संक्रमित संख्या ४ हजार २०२ भनेर प्रसारण गर्दै थियो । यी वा यस्तै किसिमका कुराहरू उक्त टिपोटमा समावेश छन् ।

विभिन्न समूह र शीर्षकमा लेखिएका माथि उल्लिखित टिपोट÷आलेखमध्ये हृदयको अत्यन्त नजिक रहनु हुने २४ दाइ र भान्जी दिलकुमारी राईको सम्झना र सम्मानमा लेखिएको आलेखको अंश तपसिलमा प्रस्तुत गर्न पाउँदा अत्यन्त खुसी लागेको छ ।
‘कोरोनाले सिर्जना गरेकोे यस अत्यन्त असहज स्थितिमा २४ दाइ र २४ नी भान्जी (दिलकुमारी राई) लाई नसम्झिने कुरा नै छैन । सम्झिरहेको छु । हुन त उहाँहरू सम्पर्कमा नै हुनुहुन्छ । यता बढिरहेको र उता (बेलायत)को स्थिति पनि डरलाग्दो भएकोले कुनै पनि बेला सञ्चार वा सम्पर्क टुट्न सक्ने सम्भावनाले पिरोलेको छ । दुवैतिरको सरकारले जारी गरेको स्वास्थ्य संहिता (हेल्थ प्रोटोकल्स)ले काम नगरिरहेको अवस्था छ ।

उच्च मनोबलले कोरोनालाई जित्न सकिन्छ भन्ने भनाइलाई विश्व परिघटनाले संपुष्टि गरिरहेको देखिदैन । मनोबल क्षयीकरणको प्रक्रियामा छ । उदाहरणको लागि भान्जीको नै उदाहरण दिन चाहन्छु – सामाजिक सञ्जाल (फेसबुक)मा सुरूसुरूमा, ‘आफ्नो सुरक्षाको लागि बेलायतीहरू पनि गाउँतिर लाग्ने थाले, राष्ट्रिय स्वास्थ्य सेवा (एन.एच.एस.)का अग्रपंक्ति (फ्रन्टलाइनर) स्वास्थ्यकर्मीहरूलाई थपडी बजाएर हौसला प्रदान ग¥यौं, आफ्नो सुरक्षा आपैm गर्नुहोला.. चिन्ता नगर्नू होला.. डर नमान्नू होला’ आदि लेखेर आत्मबल बढाउने किसिमका स्टाटस लेखेर पोस्ट गर्नुहुन्थ्यो । उनै भान्जीले, ‘बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र स्वास्थ्यमन्त्री म्याट ह्यान्कक समेतलाई कोरोना लागेर आइसोलेसनमा बस्नुपरेकोले कोरोना–त्रास बढ्यो’ भनेर लेख्नु भएको थियो । स्थिति नै भयाक्रान्त बनेपछि के लाग्दो रहेछ !

२४ दाइको वास्तविक नाम कर्णबहादुर राई हो । हामी एउटै गाउँ (सोक्मटार) मा जन्मेका र एउटै स्कुल (हिलेपानी)मा पढ्ने आफन्त र सहपाठी हौं । सानोमा म वहाँलाई ‘दाजुकान्छा’ (कान्छादाइ) भनेर सम्बोधन गर्दथें । उहाँले ‘कान्छा’ भन्नुहुन्थ्यो । यो सम्बोधन अहिले पनि कायम नै छ । साथै, उहाँ लाहुर जानुभएपछि २११६४८२४ नम्बर पाउनु भएकोले उहाँका नम्बरी साथीहरूले २४ सम्बोधन गरेको सुनेर मैले पनि ‘२४ दाइ’ पनि भन्ने गरेको थिएँ र अद्यापि छु । उहाँ मेरी एकमात्र फुपूबजू (मामुउमो – ‘उमोकान्छी’ भनेर बोलाउँथ्यौंं) रमनसरी (रमु)को माइलो छोराको छोरा (कान्छा) हुनु भएकोले म बूढोमावली पर्दछु । समयको फेरोसँगै वैवाहिक सम्बन्धका कारणहरूले साइनोका पुराना पातहरू झरेर नयाँ पातहरू पलाएका छन् । तर, हामीले भने पुरानै पातहरू सँगालेर–संभालेर बसेका छौं । सायद हामीलाई पुरानै पातको छहारी र शीतलता मनपर्छ ।

त्यसकै आत्मीयतामा रम्न मनपर्छ । बालवयदेखि किशोर – प्रौढवयसम्मकै सम्बन्ध, साइनो र सम्बोधनलाई जिन्दगीको यस मोडमा आएर फेर्नुको कुनै औचित्य पनि देखिदैन । भोलिका दिनहरूमा अझ नयाँ पालुवा र पातहरू पलाउलान् तर हामी भने बूढो पात नै समाएर बस्नेछौं – बाचा कसम नै भयो । बाल्यकालमा नै स्थापित साइनो र सम्बोधनको माधुर्य अर्कै हुँदोरहेछ । यदि हाम्रो साइनोमा बद्ल्याइ आएको भए हामीमा त्यो हदसम्मको प्रगाढता आउदैनथ्यो होला जुन अहिले छ । त्यस्तै, सामिप्यता र आत्मीयता पनि हुदैनथ्यो होला; जुन अहिले छ । साल फरक भए पनि मभन्दा केवल ३–४ महिनाले मात्र जेठो २४ दाइ र म बूढोमावलीको साइनोले दाजुभाइ हौं, सँगै खेल्ने बालसखा हौं र एउटै स्कुलमा पढ्ने सहपाठी हौं ।

हामी बिसौना ठाडो हुँदै स्कुल (महादेवस्थान राष्ट्रिय प्रा.वि., हिलेपानी) जान्थ्यौं र फर्कदा त्यहीँ बिसौना ओरालोमा कागजको चरा (च्वाक्बो) उडाउँदै फर्कन्थ्यौं । सुदूर अतीतको कुरा भएकोले धेरै कुरा सम्झनामा छैनन् तर पनि एकदिनको एउटा कुरा अझ स्मृतिपटमा छ – बिसौना ओरालो झर्दै गर्दा हामी छुट्टिने दोबाटो छेउ (सिमसार मास्तिर)को खोल्साको ढुंगामा एउटा मलसाप्रो बसिरहेको रहेछ । दाइले ढुंगाले हान्नुहुँदा त्यो मलसाप्रो ठाउँको ठाउँ खुत्रुक्क भएथ्यो । दाइको निसानाबाजी कला देखेर छक्क परेका थियौं । म उहाँसँग अति प्रभावित भएको थिएँ । त्यसैले त अहिले पनि भेट हुँदा त्यो कुरा निकाल्ने गर्छु – दाइ केवल फिस्स हास्नु हुन्छ ।

दाइको अनुहारमा त्यो मलसाप्रो मार्दाखेरिको खुसी र उत्तेजना खोज्छु तर पाउँदिन । म हिलेपानीको स्कुल नसिद्धिकनै क्लास चढेर अन्यत्र गएको थिएँ । गाउँ छोडेपछि हाम्रो भेटघाट त्यसै पातलिएको थियो नै त्यसमा पनि काठमाण्डू आएपछि भने शून्य नै भएको थियो । २०३७ सालमा दाइ लाहुरे हुनुभएको कुरा काठमाण्डूमा नै सुनेको थिएँ । त्यो खबरले अत्यन्त हर्षित बनाएको थियो । पछि दाइसँग भेट हुँदा सुरूको (आधारभूत) तालिम पूरा गर्न निकै गाह्रो हुँदोरहेछ भन्नु भएको थियो ।

सन् १९९७ मा बेलायतले हङकङ चीनलाई फिर्ता गर्नुपर्ने भई बेलायती सेना कटौती गर्नुपर्ने भएकोले दाइको लाहुरे जागिर साह्रै लामो हुन सकेनथ्यो । १४ वर्ष चानचुन महिना सेवा गरेर १५ वर्ष काम गरे बराबरको पेन्सन थाप्नेगरी सेवानिवृत्त हुनु भएथ्यो । सुरूमा कटारीमा घर बनाएर बस्नु भएथ्यो । अनि अलिपछि इमाडोलमा पनि जग्गा किनेर घर बनाउनु भएको थियो । घर बनाउन एउटै ठेक्दार प्रयोग गरेका थियौं । बसाइको हिसाबले समेत हाम्रो पुनर्मिलन भएको थियो – तथापि, हाम्रो बसाइ (घर) को दूरी करिब ४ कि.मि. रहेको छ । उहाँले घर बनाउँदा अति खुसी हुनेहरूमध्ये म पनि शीर्षस्थ स्थानमा नै पर्दछु ।

भौगोलिक टाढापनाको कारणले टाढिन खोजेको हाम्रो सम्बन्धले त्यसरी नवीकरण हुने अवसर पाएको थियो । एक–अर्काको घरमा गरिएका पारिवारिक आवतजावतले मौजूदा सम्बन्धमा अझ गाढापना थपेको थियो । सामिप्यता र आत्मीयता अभिवृद्धिमा भान्जी दिलकुमारी राई (२४ दाइकी जीवनसाथी) को अधिकाधिक योगदान रहेको थियो र अहिले पनि छ । भान्जी मेरो जेठोबाजे निराधनकी एकमात्र छोरी राजुमाकी छोरी बिरसे (मेरी भान्जीदिदी)की छोरी हुन् ।

वाम्बुले भाषामा मामाको छोरालाई ‘क्वा¥वाङ्वाप्सि’ भनिन्छ; मसँग सो साइनो हुने अहिले दुईजना मात्र हुनुहुन्छ जस्तो लागेको छ – एउटा उनै बिरसे उर्पm म्वाक्वारिङ् ब्अ्वामो दिदी (म्वाक्वारीकी आमा दिदी – भान्जीको अर्को नाम म्वाक्वारी हो) र अर्को बेडेजित उर्पm बोता भान्दाइ (कान्छाबाजे हलबलेकी जेठी छोरीको छोरा) । (द्रष्टव्य ः भान्जीदिदीको बारेमा ‘दिदीको क्वा¥वाङ्वाप्सि म’ भन्ने शीर्षकमा छुट्टै लेखिएको छ) ।

उपर्युक्त सन्दर्भमा भान्जीको पनि म बूढोमावली नै पर्दछु । भान्जीको मप्रति साक्खै मामाको व्यवहार सदैव (हिजोदेखि आजपर्यन्त) रहिआएको छ । दुवैजनाको बूढोमावली भएको नै कारणले यी सहृदयी दम्पतीसँग जिउ अपुङगी साइनो रहेको छ । मेरी भान्जी जति शिष्ट, शालीन र सुसंस्कृत छिन् उत्तिकै कठोर परिश्रमी पनि छिन् । भनिन्छ, सफल पुरूषको पछाडि एउटी नारी हुन्छिन् – मलाई यो कथन यी जोडीमा पनि लागू भएको छ जस्तो लाग्छ । २४ दाइ स्वयं मेहनती हुनुहुन्छ र मेहनतले गर्दा नै धेरै सफलता प्राप्त गर्नुभएको पनि छ । ती सफलतामा भान्जीको पनि धेरै हात छ भन्दा बढ्ता बोलेको ठहरिन्न जस्तो लाग्छ ।

२४ दाइ र भान्जीको स्वभाव उहाँहरूको वास्तविक नाम (कर्णबहादुर र दिलकुमारी)सँग ठ्याक्कै सुहाउँदो देखिन्छ – धन र मनका धनी ! कर्ण दाइ महाभारतका प्रभावशाली पात्र अंगराज (अंग देशका राजा) कर्णभैंm दानशील र दिलकुमारी भान्जी नामअनुसार असाध्य नै दिलदार ! व्यक्तिगत र सामूहिक (सामाजिक) कामको लागि सहयोग गर्न जहिले पनि अग्रपंक्तिमा.. सहयोगको आकार पनि अग्रपंक्ति कै ।

कोही दुःखबिमार भएर स्रोतको अभाव रहेको सुनेमा कति चाहियो ? कसैले किताब प्रकाशन गर्न नसकेमा कति चाहियो ? वाम्बुले कविता प्रतियोगिताहरूमा ज्येष्ठ नागरिकहरूको सम्मान गर्नको लागि कतिजनालाई कति चाहियो ? संस्थागत रूपमा कुनै काम गर्नुप¥यो भने पनि कति चाहियो ? आदि आदि । मानौं उहाँहरूले सहयोगको ठेक्का लिनु भएको छ । मानौं उहाँहरूले घरको बगैचामा पाउन्ड नै पाउन्ड फलाउनु भएको छ ।

संस्थागत सहयोगको नै कुरा गर्दा वाम्बुले राई समाज, नेपाल (वाम्रास)को स्थापनाको लागि उहाँहरूको नै इमाडोलस्थित घरमा पटक–पटक बैठक बसिएको थियो । उहाँहरूकै घरको छतमा प्रारम्भिक साधारण सभा गरिएको थियो । वाम्रास दर्ता भएपछि कार्यालय सञ्चालनको लागि २०५४ सालदेखि आफ्नो भवनमा नसरेसम्म अर्थात २०७१ सालसम्म नै एउटा कोठा (सटर) निःशुल्क उपलब्ध गराउँनु भएको थियो ।

देशको राजधानीमा त्यत्तिका वर्षसम्म शर्तरहित, स्वार्थरहित र शुल्करहित सुविधा प्रदान गर्नेलाई कुन विशेषणले विभूषित गर्नुपर्ने हो – त्यो शब्द फेला परिरहेको छैन । त्यसो त वाम्रास भवन निर्माणको लागि पनि उत्तिकै आकर्षक सहयोग गर्नुभएको थियो । उदारमना यी दम्पतीले व्यक्ति र समाजलाई गर्नु र पु¥याउनु भएको योगदानको वृत्तान्त यो सानो टिपोटमा सम्भव छैन । मलाई थाहा छ – उहाँहरूको काम र कमाइ त्यत्रो ठूलो छैन जुन छेलोखेला गर्न पुगोस् । जे जति कमाउनु हुन्छ दुःख गरेर–परिश्रम गरेर कमाउनु हुन्छ । (कुनैबेला कुरैकुरामा भान्जीले, ‘कान्छामामा, मैले काम गर्ने भवन ठूलो छ – कामको सिलसिलामा प्रत्येक ड्यूटी दिन सरदर १४ किलोमिटर हिंड्नु पर्छ’ भन्नुभएको थियो) ।

यी सहयोगका रकमहरू त्यसरी दुःख गरेर कमाइएका रकमको हिस्सा हुन् । ठूलो मनको अगाडि कसको के लाग्दो रहेछ ! दुःख र अभाव आफ्नै ठाउँमा होलान् तर पनि मुठी खोल्न किञ्चित हिचकिचाउनु हुन्न – यी दम्पती ! दुवैमा समानकिसिमको सेवाको भावना ओतप्रोत देखिन्छ । सुन्दर भावना भएका सुन्दर जोडीलाई हृदयदेखि नै नमन छ ।

फेरि पनि अलिकति पछाडि फर्कन मन लाग्यो । दाइ लाहुरबाट पेन्सनमा सन् १९९४ मा फर्कनु हुँदा उहाँको उमेरले ३५ काटेको थिएन । त्यसैले पुनः बाहिर जाने मन बनाउनु भएको थियो – जुन स्वभाविक थियो । धेरै विकल्पमध्ये एउटा जि.आर.यु. (गोर्खा रिजर्व युनिट), ब्रुनाइ पनि थियो । करिब करिब सरकारी सेवा जस्तै भएकोले दाइ त्यसैमा जाँदा राम्रो हुन्छ भन्ने मेरो चाहना थियो – त्यसको पक्षमा अभिमत पनि जाहेर गरेको थिएँ जस्तो लाग्छ । ब्रुनाइ जानेहरूले ढुंगाको मसला कुट्ने खल ल्याउने गरेको देखेको थिएँ ।

त्यसैको देखासिकी गरेर, ‘दाइ ब्रुनाइ जानु भयो भने एउटा खल ल्याइदिनु पर्छ है’ भनेर ठट्टा गरेको थिएँ । नभन्दै दाइ ब्रुनाइ जानु भयो र फर्किदा खल ल्याइदिनु भएको थियो । बोक्न पनि गाह्रो हुने गह्रुङ्गो ढुंगो (लोहोरो समेत) त्यत्तिका टाढाबाट ल्याइदिनु भएको थियो – बिचरा २४ दाइ ! त्यो खलले अहिलेसम्म नै मेरो भान्साकोठाको शोभा बढाइ रहेको छ – त्यसलाई देख्नेबित्तिकै २४ दाइ र ब्रुनाइ सम्झने गर्दछु । असलमा ‘मायाको चिनो’ भनेको यहीँ त होला !

हामी जहिले पनि राम्रो अवसरको खोजीमा हुन्छौं । त्यहीँ अवसरको खोजीमा दाइ सन् २००७ मा बेलायत जानु भयो । पछि, सपरिवार (पत्नी, छोरा विद्युत र छोरी योजना)लाई पनि लानु भयो । उहाँहरू सुन्दर भविष्यको सपना बोकेर जानु भएको थाहा हुँदाहुँदै पनि उहाँहरूको प्रस्थानले एक तमासको नमीठो आभास गराएथ्यो । शून्यता र रिक्तताको बोध गराएथ्यो । इमाडोल गइरहने म उहाँहरू नभएपछि जान छोडेको थिएँ ।

त्यहाँका अन्य आफन्तजनहरूले फलानो त २४ र २४ नीको लागि पो इमाडोल आएका रहेछन् भन्नुभयो होला – म त्यसमा प्रतिवाद गर्दिन किनभने उहाँहरूको अनुमान सोह्रै आना सही थियो र छ । हामी भौतिकरूपमा टाढा भएपनि भावनात्मकरूपमा नजिक थियौं । यसको लागि वर्तमान सञ्चार माध्यमले पनि सहयोग गरेको थियो । मेरो जस्तै मेरा भतिजाहरू गणेश (पत्रकार र सम्पादक) र प्रदिप (व्याकुल माइला)सँग पनि आत्मीय सम्बन्ध छ । उनीहरूलाई काका र दिदीको हैसियतले माया गर्नुहुन्छ । उनीहरूले पनि काका र दिदीको नै हैसियतले आदर–सम्मान गर्दछन् ।

वाम्बुले राईहरूको उन्नति–प्रगतिको सदैव कामना गर्ने यी दम्पतीले बेलायत जाने बेलामा आपूmले प्रयोग गर्दैगरेको मोटरसाइकल संस्था र पत्रिकाको कामको लागि दौडधुप गर्न सजिलो होस् भनेर गणेशलाई दिएर जानु भएको थियो । त्यो बेला गणेश वाम्रासको महासचिव (अहिले उपाध्यक्ष) र वाम्बुले भाषा–प्रधान पत्रिका लिब्जु–भुम्जु (अहिले इक लिब्जु–भुम्जु)का सम्पादक थिए । त्यस्तै, सम्मान कार्यक्रममा सहभागी हुन व्याकुल माइला बेलायत जाँदा (लामो) बसाइ अवधिभर नै २४ दम्पतीले आफ्नो घरमा आतिथ्य प्रदान गर्नु भएको थियो । उनी फर्केर आएपछि पछिसम्म उहाँहरूको प्रशंसा गरेर थाकेका थिएनन् । ‘२४ नी दिदी व्यस्त भएर पनि कति व्यवस्थित !’ भन्दै थप्दथे, ‘दिदी कामबाट फर्किनु भएपछि एकातिर खाना बसाउने र अर्कोतिर वासिङमसिन र ल्यापटप सँगसँगै चलाउनेगर्नु हुन्छ !’ । अहिले पनि विषय वा प्रसंग पर्दा दिदीसँग प्रभावित भएको कुरा दोहो¥याउन भुल्दैनन् ।

सम्झदैछु – २०६९ सालको चैत्र महिनामा दाइ र भान्जी नेपाल आउनु भएको थियो । त्यो बेला मलाई ‘आइफोन’ र बुहारी÷माइजूलाई बडेमानको ‘डेकोरेटिभ कप’ ल्याइदिनु भएको थियो । मायाको चिनो त्यसै त अमूल्य हुन्छ त्यसमा पनि मूल्यको नै हिसाबले पनि त्यो उपहार बहुमूल्यको थियो – आपूmले किन्नु परेमा निकैपटक सोच्नुपर्ने खालकोे । साविकका प्रत्येक आगमनमा सुन्दर उपहारहरू पाइन्थे तर त्यो पटकको विशेष थियो । तत्कालीन प्रचलनअनुसार सामाजिक प्रतिष्ठासँग गाँसिने खालको थियो । त्यसलाई प्रेमपूर्वक धेरै वर्षसम्म चलाएथेँ – कहिले बिग्रिएन पनि । भलै समयले गर्दा अर्कै सेटले प्रतिस्थापन गरें तर त्यसलाई पनि बेलाबखत चार्ज गरेर सुरक्षित राखेको छु । किनभने त्यो दाइ र भान्जीको पसिनाको कमाइ हो र त्यो कमाइ मायाको सुन्दर उपहार बनेर मकहाँ आइपुगेको थियो । उक्त सालपछि भने निकै वर्षसम्म भेटघाट भएनथ्यो ।

२०७५ साल मंसिरमा भाइ (काकाको छोरा)को असामयिक निधन भएर भान्जी नेपाल आउनु हुँदा संक्षिप्त भेट भएथ्यो । त्यसै साल र महिनामा पापमाइला (२४ दाइको पिता)को पनि असामयिक देहावसान भएपछि काजकिरिया गर्न दम्पती नै पुस महिनामा नेपाल आउनु भएको थियो । तर, हाम्रो भेटघाट भने हुन पाएनथ्यो । बेलायत पुगेर दाइले लेख्नु भएको थियो, ‘मैले एउटा सानो किताब ल्याइदिएको छु । घरमा साली (निर्मला भान्जी)लाई जिम्मा दिएको छु – कुनैदिन गणेशमार्पmत् पाउनु हुनेछ ।’ पछि उक्त किताब पाएथें – बेलायती पत्रकार तथा राजनीतिक समीक्षक डगलस मुर्रेद्वारा लिखित किताबको नाम थियो – ‘द स्टे«न्ज डेथ अफ युरोप’ (युरोपको अनौठो मृत्यु), २०१७ । युरोपमा विशेष गरेर इस्लामिक देशहरूबाट आएका आप्रवासीहरूबाट सिर्जना भएका संकटहरूको सेरोफेरोमा लेखिएको रहेछ । बौद्धिक खुराकयुक्त सुन्दर कोसेलीको लागि दाइलाई मेसेन्जरबाट आभार प्रकट गरेको थिएँ ।

त्यसको ठीक एक वर्षपछि अर्थात् २०७६ पुसमा पापमाइलाको वार्षिकीलाई ध्यानमा राखेर दाइ र भान्जी फेरि नेपाल आउनु भएको थियो । त्यसपटक गाउँमा एउटा रमाइलो कार्यक्रम राख्नु भएको थियो – ‘३९ वर्षपछिको दांैतरी भेटघाट’ । सोक्मटारमा ब्यानरसहित आयोजना गरिएको उक्त कार्यक्रममा आपूm सहभागी हुन नपाए पनि उपस्थित करिब २० जनाको समूहमा आपूm पनि भएको महसुस गरेको थिएँ ।

बालवयमा देखिएका अनुहारहरू राम्ररी नहेरेसम्म चिन्न नसकिने गरी वयोवृद्ध भएको देख्दा किञ्चित दुःख लागेको थियो । भोलि नदोहोरिन उक्त क्षणमा खिचिएका ऐतिहासिक तस्बिरहरू सामाजिक सञ्जालमा हेर्न पाएको थिएँ । अझ भान्जीले दुईजना बूढोमावलीहरू (मित्रेङ् पो मामा र रिलाङ् पो मावलीदाइ)को बीचमा बसेर खिच्नु भएको तस्बिरले मलाई भावविव्हल बनाएको थियो । ‘आफ्नो भनेको आफ्नै हुन्छ’ भन्ने कथन सम्झन पुगेको थिएँ ।

दाइ २०३७ सालमा लाहुर जानु भएपछि दौंतरी साथीभाइसँग एकमुष्ट भेटघाट गर्ने अवसर २०७६ साल अर्थात् ३९ वर्षपछि मात्र जुरेकोले सो कार्यक्रमको नाम – ‘३९ वर्षपछिको दांैतरी भेटघाट’ राखिएको रहेछ । सहभागी सबैजनालाई ‘मेन न्यू इंग्ल्यान्ड’ ब्रान्डको सर्ट बाँडिएको थियो । मेरो भाग पनि पछि (उहाँहरू फर्कनु भएपछि) प्राप्त गरेको थिएँ । सामाजिक सञ्जालमार्पmत् नै कार्यक्रमको लागि धन्यवाद दिंदै प्रेमोपहार प्राप्तिको जानकारी दिएको थिएँ । साथै, उदार हृदयका धनी दम्पतीलाई सुनको हृदय भएको व्यक्ति भनेर सगर्व भन्न सकिने भावना पनि व्यक्त गरेको थिएँ ।

यसैपटक २४ दाइ घरमा आउनु भएर ‘फिटबिट भर्सा’ नामक स्मार्टवाच दिनु भएको थियो । बिसन्चोको कारणले भान्जी भने आउन सक्नु भएनथ्यो । अबचाहिँ अति नै भयो भन्ने लागेर दाइलाई विनम्र तर दरो किसिमले अनुरोध गरेको थिएँ – ‘दाइ तपाईंहरू मेरो घरमा आउँनु हुँदा अत्यन्त खुसी लाग्छ तर आउँदा यस किसिमका उपहार भने नल्याइ दिनुहोला – मलाई भारा (भार) लाग्छ ।’ दाइले ‘यो केही होइन – लाग्दैन’ भन्नु भएको थियो । ‘भारा’ भन्नाले ऋण, बोझ वा भारी भन्ने बुझाउँछ । म दम्पतीको नै बूढोमावली खलक पर्दछु । पछिल्ला चरणका वैवाहिक सम्बन्धहरूले पनि म माइतीखलक नै पर्दछु ।

वाम्बुले संस्कारमा चेलीबेटी वा भान्जाभान्जी खलकबाट सित्तैमा केही लिनु हुँदैन – लिएमा भारा वा बाँकी लाग्छ भन्ने मान्यता रहेको छ । यस्तो मान्यता रहँदारहदै त्यसमा पनि असाधारण खालको उपहार पटक–पटक प्राप्त गरिरहन मनले पटक्कै मानेको थिएन । गुनैगुनको भारीले थिचेको अनुभूति भएको थियो । गाउँमा हुँदा चेलीबेटीले ल्याएका कोसेलीपातको मूल्यांकन गरेर वस्तु (रक्सीजाँड)को सट्टाभर्ना गरेर पनि बस्तु (गाईको बाच्छी, भैंसीको पाडी वा बाख्राको पाठी) वा यथोचित नगद दिन गरेको देखेको थिएँ । तर, हाम्रो सन्दर्भमा त्यो असम्भव र अव्यवहारिक थियो ।

दम्पती स्वयं सुसम्पन्न हुनुहुन्छ – उहाँहरूले माया, श्रद्धा र सम्मान स्वरूप दिनुभएको उपहारको मूल्यांकन गरेर सट्टाभर्ना दिन खोज्नु उहाँहरूको अपमान र उपहास गरेको ठहर्छ । त्यसैले मेरो अन्तर–हृदयदेखिको नै अनुरोध छ, ‘तपाईंहरू मेरो हृदयको मध्य–भागमा हुनुहुन्छ । जीवनपर्यन्त रहनहुनेछ तर तपाईंहरूको यो भाइ÷मामाको हृदय त्यत्तिका ठूलो छैन जहाँ गुनैगुनको भारी अट्न सकोस् !’

लकडाउनमा बाहिरतिर हिँडडुल गर्न पाइन्न भन्ने सुनेर ‘फिटबिट भर्सा’लाई चैत ६ गतेमात्र मोबाइलसम्ग पेरिङ गरेर प्रयोग अभ्यास गरिएको थियो । नभन्दै सुनेजस्तै अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन नहुने निर्देशन जारी भयो । बल्ल उक्त यन्त्र सघनतापूर्वक प्रयोग गर्न थालियो । आपैmले मापदण्ड बनाइयो – प्रत्येक बिहानको चियानास्ता अगाडि छत र आँगनमा गरेर ४ हजार पाइला (करिब ३ कि.मि.) र एकदिनमा न्यूनतम १० हजार पाइला हिंड्नै पर्ने ! आपूmले बनाएको नियम आपैmले पालना नगरे कसले गर्ने ? कडारूपले पालना गरियो ।

यस अनुपालनले रक्तचाप र सुगर (मधुमेह) लेभल नियन्त्रणमा ल्याएको पाइयो । (लकडाउन खुलेपछि र पछिल्लो चरणमा सियाटिकाको कारणले हिँडडुल गर्न समस्या भएकोले ‘फिटबिट’को प्रयोगलाई निरन्तरता दिएको छु र पछिसम्म नै दिने बिचार गरेको छु) । अहिलेसम्म नै यो यन्त्र मेरो अभिन्न स्वास्थ्य–साथी भएको छ । यो नभएको भए लकडाउनदेखिको मेरो स्वास्थ्य–स्थिति के हुन्थ्यो होला ? जीवनोपयोगी – स्वास्थ्योपयोगी सामाग्रीको लागि अन्तर्हृदयदेखि नै दाइ र भान्जीलाई धन्यवाद दिन चाहन्छु ।

आपूm वाम्बुले राई भएकोमा गर्व गर्दै मातृभाषालाई अत्यन्त माया गर्ने २४ दाइले वाम्बुले साहित्य सिर्जना गौरूङ कान्छा र ब्याँसिले कान्छाको उपनामबाट गर्नुहुन्छ । उहाँ वाम्रास, यु.के. को अध्यक्ष (२०१४–२०१६) पनि हुनुहुन्थ्यो । बेलायत बसाइको सुरूका निकै वर्ष (२००७ देखि २०१४ सम्म) केन्ट काउन्टीको ऐतिहासिक शहर मेडस्टोन (जुन राजधानी लन्डनको दक्षिण–पूर्वमा पर्दछ) मा सपरिवार बस्नुहुन्थ्यो । त्यसपछि लन्डन सर्नु भयो । अहिले लन्डनको फेल्टम शहरको सिग्नेट एभेन्यूमा घर किन्नु भएको छ । उहाँको बासस्थानबाट हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल नजिकै छ भन्ने सुनेको छु । पुग्ने र देख्नेहरूबाट ‘सेन्टर परेको ठाउँमा एकदम राम्रो घर’ किन्नु भएको तारिफ सुनेको छु । त्यो सुन्दा दंग पर्ने गर्दछु । उमेरको हदले म सेवानिवृत्त भई घर बसेको निकै भइसक्यो तर उहाँहरू अझ ऊर्जाशील भएर पूर्ववत्रूपमा काममा तल्लीन रहनु भएको देख्दा–सुन्दा अत्यन्त खुसी लाग्छ ।

संवादको सिलसिलामा दाइले आपूmलाई नेपालको समाचार अद्यावधिक गर्न कान्तिपुर टि.भी. हेर्ने गरेको र सरकारले समयमा नै लकडाउन र मास्क लगाउन सजग गरेकोले नेपालमा कोरोना संक्रमणले भयावह रूप लिदैन होला भन्ने विश्वास व्यक्त गर्नु भएको थियो । तरपनि, खुला सिमानाको कारण दक्षिणी छिमेकी देशबाट भाइरस छिर्न सक्ने आशंका पनि गर्नु भएको थियो ।

बेलायतमा भने खासगरेर त्यहाँका बासिन्दाहरूले मास्क नलाउने गरेकामा चिन्ता व्यक्त गर्नु भएको थियो । आपूm लगातार काम गरिरहेको तर अरूहरू भने पूरै तलब पाउने गरी मार्च १६ देखि घरमा बसेका जानकारी दिनु भएको थियो । त्यस्तै भान्जी पनि मे २५ देखि काममा फर्किदैछिन् भन्नु भएको थियो । एउटा चाखलाग्दो कुरा के छ भने दाइ र मेरो धेरैजसो सञ्चारको माध्यम अंग्रेजी हुने गर्दछ । यसो हुनको एउटा कारण नेपाली (देवनागरी) अक्षर खोजिरहनु पर्ने भएकोले पनि हुनसक्छ ।

अर्को कारण दाइको अंग्रेजी राम्रो भएर पनि हुनसक्छ । दाइको औपचारिक पढाइको स्तर साधारण भएता पनि उहाँको अंग्रेजी भाषाको स्तर भने असाधारण रहेको छ । उहाँको अंग्रेजी भाषा ज्ञान अंग्रेजी विषय लिएर कलेज उत्तीर्ण गर्ने मेधावी विद्यार्थीभन्दा कतिपनि कम छैन । दाइले अनेक प्रतिकूलताबीच पनि अंग्रेजी भाषामा कति प्रगति गर्नुभएछ – उहाँले सरासर पढ्ने अवसर पाउनु भएको भए नेपालमा नै कति माथिल्लो पदमा पुग्नु हुन्थ्यो होला ! दाइ तपाईंको दिमाग र लगनलाई सलाम छ ।

भान्जीसँग पनि छुट्टै संवाद भइरहेको नै छ । नेपालमा कोरोनाको संक्रमण बढ्दै गर्दा चिन्ता व्यक्त गर्दै स्वास्थ्य–सुरक्षाका उपायहरू अपनाउन आग्रह गर्नु भएको थियो । मैले पनि सोही आग्रह गरेको थिएँ । भान्जीले आफ्नो बगैचामा पूmलेका पूmलहरू, करेसाबारीका तरकारीहरू र पर्वपातमा दाइले होम हाल्नु भएका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरिरहनु हुन्छ । क्याप्सन पढ्दा र तस्बिर हेर्दा अत्यन्त खुसी लाग्छ । पूर्ववत् सामान्य जिन्दगी जिउन अभिप्रेरित गरेजस्तो लाग्छ ।

छोरा (विद्युत) एयरपोर्टमा र बूढो (२४ दाइ) सेन्ट्रल लन्डनमा काम गर्ने हुनाले संक्रमणको सम्भावना निकै छ भनेर लेख्नु हुँदाचाहिँ अलि खिन्न लाग्छ । भगवानको असीम अनुकम्पा र एकअर्काको शुभेच्छा (जसलाई वाम्बुले भाषामा ‘सारि’ भनिन्छ)ले होला यो लेख्तासम्म सकुशल छौं । अप्ठ्यारो र असजिलो भएको बेलामा मनको नजिक रहने आफन्त र मित्रजनलाई सम्झन मन लाग्दो रहेछ । त्यहीँ क्रममा यो सम्झना गरिएको हो । अलिकति लामो भयो । तर, म भन्छु – उहाँहरूको व्यक्तित्व र भावनाको अगाडि यो अति छोटो भयो । धेरै लेख्न सकिएन – क्षमाप्रार्थी छु । धन्यवाद ।’
……..
माथिका सम्झनाहरू पहिलो लकडाउन अवधिमा लेखिएका हुन् भनेर फेरि पनि दोहो¥याउन चाहन्छु । त्यसपछि दोस्रो लकडाउन पनि २०७८ साल बैशाख १६ देखि सुरू भएर भदौ १६ (१२६ दिन) मा हटाइएको थियो । दुई–दुई पटक लकडाउन गर्दा पनि नेपालमा अहिले (पुस दोस्रो हप्ता)सम्म कोरोना संक्रमित संख्या ८ लाख २८ हजार भन्दा बढी र मृतक संख्या ११ हजार भन्दा बढी पुगिसकेको छ । उल्लिखित कोराना संक्रमित संख्यामा परिवारजन (भतिजा परिवारहरू) र मृतक संख्यामा केही आफन्तजन लगायत अनन्य मित्रहरूको समेत संख्या समावेश छन् । उपचारको क्रममा रहनु हुनेहरूलाई स्वास्थ्य लाभको कामना गर्दै दिवंगतहरूलाई एकमुस्टरूपमा श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु ।

भोलि के हुन्छ तर अहिले भने कुनै किसिमको लकडाउन वा निषेधाज्ञको अवस्था छैन । जनजीवन सामान्य छ । मास्क लाएजस्तो गर्नुबाहेक खासै सावधानी पनि अपनाएको देखिदैन । सायद अभ्यस्त भएर होला संक्रमणको सम्भावना सम्बन्धमा सबैलाई थाहा भएर पनि भयभित देखिन्नन् । तर, गत मंसिर महिनादेखि संक्रमण र मृत्युदर घटेकोमा पुसको दोस्रो सातादेखि भने विस्तारै बढ्न थालेको तथ्यांकले देखाउछ । यो दिनानुदिन बढ्ने क्रममा छ । अहिले कोरोनाको ओमिक्रोन भन्ने नयाँ प्रजाति (भेरियन्ट) ले

छिमेकी मुलुकलगायत विश्वलाई त्रस्त पारिरहेको छ । सोही प्रजाति नेपालमा पनि प्रवेश गरिसकेको तथ्य एस जिन नेगेटिभहरूको जिन सिक्वेन्सिङले पुष्टि गरेको छ । अत्यन्त तीव्ररूपमा पैmलिने भनिएको उक्त भाइरस (विषाणु)लाई रोकथाम गर्न नसकिएमा नेपालमा तेस्रो लहर आइपुनः तेस्रो पटक लकडाउन गर्नु नपर्ला भन्न सकिन्न ।

यस प्रस्तुतिलाई बिट मार्न अगाडि दाइ र भान्जीको सन्दर्भलाई पुनः जोड्न चाहन्छु । दोस्रो लकडाउन सिद्धिएको महिनादिन पछि भान्जी–दिदी (भान्जीकी आमा)लाई कोरोनाको आशंकमा अस्पताल भर्ना गर्नु परेको थियो । पछि जाती भएर फर्कनु भएको थियो । त्यो अवधिमा भने दम्पतीसँग बाक्लो सञ्चार भएको थियो । त्यसपछि भने अलि पातलिएको थियो । प्रायः फेसबुकमा पोस्ट गरिरहने भान्जीको पोस्ट आउन छाडेपछि भने केही चिन्ता लागेको थियो । त्यो चिन्ता निराधार थियो भन्ने कुरा त्यो बेला प्रमाणित भयो जुनबेला (२०७८ मंसिरको तेस्रो हप्तातिर) दाइले, ‘केही दिनको लागि हामी पर्सि नेपाल आउँदैछौं’ भनेर जानकारी दिनुभएको थियो ।

मैले पनि खुसी जाहेर गर्दै व्यस्तताबीच नै भए पनि हाम्रो लागि थोरै समय उबारिदिनु होला भनेर आग्रह गरेको थिएँ । दाइले कोसिस गर्ने बचन दिनु भएको थियो । उहाँहरू आउनु भएपछि पूर्व निर्धारित घरायसी काम र त्यसपछि आन्तरिक पर्यटन (पोखरा–पाल्पा–लुम्बिनी–श्रीअन्तु) सिद्ध्याएर दाइ र भान्जी मकहाँ आउनु भएको थियो । त्यो २०७८ साल पुस १० गतेको दिन थियो । बिहानको करिब १० बजेदेखि अपरान्हको ४ बजेसम्म नै भलाकुसारी गरेथ्यौं ।

हाम्रा कुनै निश्चित विषयवस्तु (एजेन्डा) थिएनन्, तर पनि धेरै संयुक्तरूपमा र थोरै दाइ–भाइ र माइजू–भान्जी छुट्टाछुट्टै समूह–उपसमूहमा बाँडिएर गरिएका कुराकानी कत्ति रोचक र रमाइला थिए भने ६ घन्टा बितेको पत्तै पाएनथ्यौं । सायद ती आत्मीयता मिसिएका सुखदुःखका उच्छ्वास थिए; जुन धेरै वर्षसम्म मनभित्र उकुसमुकुस भएर बसेका थिए । अभिव्यक्तिको उपयुक्त अवसरको पर्खाइमा थिए । त्यो बेला धेरै विषयमा कुराकानी भएका थिए । त्यसमध्ये हाललाई एक–दुईवटाको मात्र सन्दर्भ उक्काउन चाहन्छु ।

पहिलो सन्दर्भ – २४ दाइले निकै महिना अगाडि अतीतदेखि वर्तमानसम्म झल्काउने केही तस्बिरहरू फेसबुकमा पोस्ट गर्नु भएको थियो । त्यसमा मैले राय (कमेन्ट) को रूपमा सोक्मटार (भ्रुतुमान्चि)देखि लन्डनको फेल्टम शहर (सिग्नेट एभेन्यू) सम्मको लामो यात्रालाई चिरस्थायी बनाउन ‘सोक्मटारदेखि सिग्नेट एभेन्यू’ नामक यात्रा संस्मरण लेख्न अनुरोध गरेको थिएँ । त्योबेला दाइले जोस–जाँगरको कमीले गर्दा सोचाइ (द्विविधा)मा परेको कुरा लेख्नु भएको थियो । तर, हाम्रो यस बसाइमा दाइले, ‘लेख्ने भएँ – लेख्तैछु पनि’ भन्ने खुसीको खबर मात्र नसुनाएर अर्को पटक आउँदा (पाण्डुलिपि) लिएर आउनेछु भनेर प्रतिबद्धता समेत जनाउनु भएको थियो । अठोट र प्रतिबद्धतामा अत्यन्त हर्षित हुँदै लेखनलाई अझ रोचक बनाउन गणेश (जो घोस्ट राइटिङमा दखल हुने लेखक पनि हुन्)को पनि सहायता लिनुभए राम्रो हुने राय दिएको थिएँ । ‘फाइनल टच’ को लागि म पनि तयार छु भनेको थिएँ । यस महत्वपूर्ण कार्यको लागि दाइलाई धेरैधेरै शुभकामना दिन चाहन्छु ।

दोस्रो सन्दर्भ – यस पटक पनि उपहारको क्रम नरोकिदा पहिले दाइलाई आग्रह गरेकै कुरा भान्जीलाई दोहो¥याएथें । भान्जीले, ‘माइती–मावली आउँदा कसरी रित्तो हात आउन सक्छु !’ भनेर संस्कारजन्य तर्क राख्नु भएको थियो । उहाँको तर्कको सम्मान गर्दै ‘त्यसो भए अबदेखि एक बोतल बियर लिएर आउनू होला !’ भनेको थिएँ । साथै, ‘नेपाल आउँदा मेरो घरमा आउनु पर्छ है’ भन्ने आग्रह पनि गरेको थिएँ । उक्त आग्रह उमेरजन्य कारणले गर्दा आवातजावातको संख्या कम हुँदै जाने सम्भावनालाई ध्यानमा राखेर गरिएको थियो । दाइ र भान्जीको सेवानिवृत्त जिन्दगी नेपालमा नै बिताउने इच्छा रहेछ । त्यो इच्छा पूरा भएको हेर्ने ठूलो धोको छ । पूरा होस् भन्ने कामना पनि छ । यो लेख्तासम्म उहाँहरू बेलायत फर्केर पनि पूर्ववत् काममा लागिसक्नु भएको छ । म उहाँहरूको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दछु ।

तिखेदेवल, ललितपुर
२०७८ पुस

(यो लेख इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ८ अंक १५, पूर्णाङ्क ८८, २०७८ माघ–चैत (किरात येले संवत् ३८०१÷सन् २०२२)मा प्रकाशित छ । सम्पादक)

Leave a Reply

Your email address will not be published.