सोसल मिडिया हामी सहरवासी सबैको अभिन्न साथी भएको छ । आफन्त, नातागोता, साथीसँगी, नयाँ पुस्ता, बुद्धिजीवि सबैसबैसँग भेटघाट हुन्छ । मनका कुरा गरिन्छ । यही मेसोमा ‘वाम्बुले ग्रुप कनेस्न’ पनि एक हो । यो ग्रपुमा अहिलेको चर्चित एमसीसी हामीले पनि चर्चा गर्न भ्यायौं । अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत प्राप्त हुने करिब ५५ अर्ब रुपैयाँ अनुदान नेपाल सरकारले स्वीकार गर्ने कि नगर्ने भन्ने विषय सडकदेखि सदनसम्म तातो चर्चा भइरहेको छ । यस विषयलाई लिएर केही रमाइलो भलाकुसारी गरियो । आफूमा भएको सूचना सेयर गरियो । अरुको पनि सुनेर मनन गरियो । आफ्नो धारणा राखियो । अरूलाई पनि राख्न प्रेरित गरियो ।
अंग्रेजीमा एउटा मीठो भनाइ छ– ‘सेयरिङ इज केयरिङ’ (सूचना बाँडेर होसियार रहने ।) तर हाम्रो नेपालमा चाहिं सेयर गर्न खोजियो भने ‘धेरै जान्ने भो, कसैले नजानेको उसैले जाने छ’ भनेर कुराकाट्ने र कोही चूपचाप बसीबसी मनमनै ‘लोपार्ने’ चलन छ । हाम्रै समुदायमा पनि यस विषयमा धेरै जानकारी राख्नेहरू नभएका होइनन् । तर चूपचाप छन् । त्यसखाले ‘ज्यूहरू’ यो लेभलमा बोलेर ‘आफ्नो ओजन घटाउनु छैन’ भन्ने कमसल मनस्थितिका रोगी हुन् ।
प्रसंग बदलौँ । वाम्बुले ग्रुप कनेक्सनमा मेलै हाम्रो चेली ‘विश्वप्रसिद्ध धाविका मिरा राई’ सम्बन्धी छोटो भिडियो सेयर गरेको थिएँ । पक्का छ यहाँहरूले हेर्नू भयो । र यहाँ फेरि एउटा पुस्तक ‘आईएम मलाला’ (म मलाला हुँ)को कभर पेज सेर गदै छु । यो पुस्तक यहाँहरूले पढेकै हुनुपर्छ । मलाला पाकिस्तानको स्वात नामक गाँउकी एक कलिलो उमेरकी छात्रा थिइन् । तालिबान समूहले त्यो गाउँ आफ्नो कब्जामा ल्याउँदै गर्दा ती कलिली छात्रा शिक्षाको स्वतन्त्रको निम्ति लड्दै थिइन् ।
शिक्षाको लागि आवाज उठाइरहिन् । अन्याय अत्याचार बिरुद्ध बिरोध जनाइरहिन् । तर तालिबान समूहलाई त्यो कदम स्विकार्य नभए । त्यसवापत मलालाको ज्यान लिने उद्देश्यले उनी माथि गोली चलाइयो । संयुक्त राष्ट्रसंघको सहायताले उनको ज्यान जोगियो । सानै उमेरमा अन्याय अत्याचार बिरुद्ध र आफ्नो शैक्षिक अधिकारको निम्ति त्यो शान्तिपूर्ण साहसिक कदम, दृढ विश्वासको कारण १७ वर्षको कलिलो उमेरमै ‘नोवल शान्ति पुरस्कार’को बिजेता बन्न पुगिन् । पछि पत्रकार क्रिस्टिजा ल्याम्बको सहायताद्वारा यो ‘आईएम मलाला’ पुस्तक लेखिन पुग्यो ।
हाम्री चेली मिरा राईको कथा, व्यथा, साहस, लगनशिलताका बावजुत असक्षम तुल्याइयो । तर मिराको कदम पछि नभएर अझ तेजिलो, स्फुर्ति र दृढतापूर्ण आफ्नो क्षमता अनुरूप अघि बढिरहिन् । मलालाको कथा, साहस, कदम भन्दा के कमी होला र मिरामा ? केवल उनीबारे सुनाइ दिने, लेखी दिने कोही भएन ।
मैले यहाँ घच्घचाउने चाहेको विषयमा प्रवेश गर्न चाहेँ । हामी वाम्बुले समुदायका नव, मेरा समकालीन अनि म भन्दा अलि जेठो वर्गमा ज्ञानको अति भन्डार, अति स्तरीय र मिठास लेखन शैली भएका प्रतिभाशाली र लगनशिल व्यक्तित्व नभएको होइन । तर कहिले काहीँ संवाद गर्दा अनि फेसबुक वाल पोस्टहरूमा दोषारोपणयुक्त लेख, गाली र आलोचना मात्रको शब्दको थुप्रो देख्दा ‘अमुई किन नि ?’ भन्दै प्रश्न गर्न मन लाग्छ ।
यो समयको झट्का हुन सक्छ पक्कै पनि । जे पढ्यो, जे सुने पनि र हेरे पनि अरुलाई दोष दिने, दोष थोपर्ने र आफू चोखो महसुस गर्ने खालको मात्रै छ । कसै कोहिले त गालीको शब्दसंग्रह नै लेख्दै होलान् । यस्तो समयको असर सबैलाई परेकै छ ।
यसो नगरी ‘आईएम मलाला’ जस्तो ‘मिरा राई’ लेख्न पाए आउने नव पिढीलाई अति शक्तिवान ऊर्जा दिनुका साथै बिदेशिने सोच बदलिएर यही माटोलाई माया गर्ने प्रेरणा मिल्ने थियो होला । मिरा राई र वाम्बुले बुद्धिजीविलाई जस मिल्ने लाग्छ ।
हाम्रो सामाजिक सञ्जालको ठोस उपज अरु धेरै धेरै हुनसक्ला ? अहिले यत्ति नै लेखें । तपाईलाई कस्तो लाग्यो ? व्यक्तिगत रूपमा पनि प्रक्रिया पाऊँ ।
mankiratee@hotmail.com
सबै तस्बिर गुगलबाट