ट्रम्पले प्रष्टिकरण दिदैं भने– म रंगभेदी होइन

प्रवास

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रंगभेदी नभएको प्रष्टीकरण दिएका छन् । गत बिहीबार आप्रवासी मुद्दाका विषयमा छलफल गर्न ओभल अफिसमा भएको बैठकमा अफ्रिकी मुलुकहरुलाई ‘दरिद्र’ भनेपछि ट्रम्पमाथि रंगभेदीको आरोप लागेको थियो । तर राष्ट्रपति ट्रम्पले भने बैठकमा आफूले कुनै पनि देशलाई ‘दरिद्र’ नभनेको दाबी गर्दै आएका छन् ।
बैठकमा सहभागी डेमोक्र्याटिक नेताहरुले भने ट्रम्पले बारम्बार त्यो शब्दको प्रयोग गरेको बताएका छन् । अफ्रिकी देशलाई दरिद्र भनेपछि ट्रम्प रंगभेदी रहेको भन्दै सर्वत्र विरोध हुँदै आएको छ ।अफ्रिकन युनिएनले त ट्रम्पले माफी माग्नुपर्ने माग गरेको छ ।

आफ्नो चौतर्फी विरोध भएपछि बोल्दै ट्रम्पले आफू रंगभेदी नरहेको दाबी गरेका हुन् । पत्रकारसँगको कुराकानीमा उनले आफू निकै कम रंगभेदी रहेको बताएका हुन् । ट्रम्पले ह्वाइट हाउस प्रेस पुल संवाददाताहरुसँग वेष्ट पाल्म बिचमा रहेको गल्फ क्लबमा आफूमाथि लागेको रंगभेदी आरोपको खण्डन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *