जब विमान रनवे छाडेर समुद्री किनारमा पुग्यो…

प्रवास

एजेन्सी । टर्की विमानस्थलमा एक विमान धावनमार्गबाट चिप्लिएर समुद्र किनारमा पुगेको छ । टर्कीको अंकाराबाट उडान भरेको पेगासस एयरलाइन्सको बोइङ ७३७-८०० समुद्री किनारमा अवस्थित ट्रबजान रनवेबाट चिप्लिएको हो ।

विमानमा १६८ यात्रु सवार थिए । तर, उनीहरु सबै सकुशल छन् । रनवे समुद्रभन्दा थोरै उचाइमा छ । विमान समुद्रमा खस्नबाट बाल-बाल बच्यो र माटोको भिरालो ठाउँमा अड्कियो ।

गर्भनर युसेल यावुजका अनुसार विमानमा रहेका सबै यात्रुलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । विमान दुर्घटनाको अनुसन्धान भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । विमानले रनवे छाडेपछि यात्रुहरुबीच खलबली मच्चिएको थियो । दुर्घटनापछि केहीबेर एयरपोर्ट बन्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *