६ लाख मागेकै छैन : दीपिका प्रसाईँ

मनोरन्जन
यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’बाट नेपाली रजतपटमा डेब्यू गरेकी नायिका हुन् दीपिका प्रसाईँ । अहिले उनलाई नेपाली फिल्म उद्योगले सम्भावना बोकेको नायिकाको रुपमा हेरेको छ । पहिलो फिल्मबाट अभिनय र सुन्दरताको भारी तारिफ पाएकी दीपिका केही दिन यता चर्को पारिश्रमिकको विषयलाई लिएर चर्चामा छिन् ।
खबरअनुसार, ‘ऐश्वर्य’को सफलतापछि उनले अहिले एक फिल्मबापत ६ लाख डिमाण्ड गरेकी छिन् । चर्को पारिश्रमिककै कारण अहिले उनको हातमा फिल्म नभएको पनि गाइँगुइँ हल्ला छ । तर, यो खबरमा सत्यता नभएको दीपिका बताउँछिन् ।
उनले भनिन्, ‘त्यो मैले सोच्दै नसोचेको कुरा कसरी बाहिर आयो म आफैं अचम्ममा परेकीे छु । मैले अहिले डिमाण्ड गर्ने बेला भएको छैन । अनि, अहिले नै मैले ६ लाख पारिश्रमिक माग्न पनि सक्दिनँ ।’ दीपिकाले हाल आफू एक फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेको बताइन् ।
उनी थप्छिन्, ‘म फेरि पर्दामा फर्किन केही समय लाग्छ । अहिले म आफ्नो अध्ययनलाई बढी समय दिइरहेको छु ।’ फिल्म ‘ऐश्वर्य’मा उनले नायक रमेश उप्रेतीसँग रोमान्स गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *