चीनमा रिलिज हुने तयारीमा ‘बजरंगी भाईजान’, नाम परिवर्तन गरिने

मनोरन्जन

काठमाडौं । आमिर खान पथ पछ्याउँदै सलमान खानले आफ्नो फिल्म ‘बजरंगी भाईजान’ चीनमा रिलिज गर्ने निर्णय गरेका छन् । यही फिल्म मार्फत सलमानले चीनमा डेब्यू गर्नेछन् । यो फिल्म २ मार्चबाट चीनमा रिलिज हुनेछ ।

यो फिल्म चीनमा ‘लिटिल लोलिता मंकी अड अंकल’को नाममा रिलिज हुनेछ । कबिर खानको निर्देशनमा बनेको यो फिल्म चीनमा ८००० हजार भन्दा बढी स्क्रिनमा रिलिज हुनेछ ।भारत लगायतका देशमा यो फिल्म २०१५ मा रिलिज भएको थियो, र वल्र्डवाइड ६०० करोड भन्दा बढी कमाएको थियो । -एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *