‘बाहुबली’ नायक प्रभास बलिउडमा प्रवेश गर्दै

मनोरन्जन

एजेन्सी । ‘बाहुबली’ बाहुबली २’ बाट चर्चामा आएका दक्षिण भारतीय सुपरस्टार प्रभास बलिउडको फिल्ममा प्रवेश गर्ने तयारीमा छन् । अभिनयमा राम्रो दख्खल राख्ने प्रभासलाई बलिउडले प्रतिक्षा गरिरहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार प्रभास तीन वर्षदेखि नै बलिउडमा प्रवेश गर्ने तयारीमा थिए । उनको तयारी अब भने पक्क भएको छ । प्रभासलाई नयाँ फिल्ममा बलिउड अभिनेत्री श्रद्धा कपुरले साथ दिने भएकी छन् ।

प्रभासले डेब्यु गर्ने हिन्दी फिल्ममा भने उनीसँग अभिनय गर्ने  लागि अभिनेत्री दीपिका पादुकोणलाई प्रस्ताव गरिएको छ । दीपिकासँग कुरा नमिलेमा आलिया भट्ट वा क्याट्रिना कैफलाई  लिइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.