सोनाम सज्जन किरातीको कविता ‘सम्बन्ध’

कला साहित्य -संस्कृति

सम्बन्ध

सोनाम सज्जन किराती

सबैभन्दा सानो
खुसीको टुक्रा ओढेर
रम्न सक्ने मन
सबैभन्दा सानो
एकफिर्को मासु पाउँदा लोभिने स्वाद
र सबैभन्दा सानो
त्यो सुनको सियो भाँचिदा दुःखी हुने मन
कस्तो होला
लोभी या निस्वार्थ ?

तिम्रो र मेरो सम्बन्ध
यही बन्धनमा अडिएको छ

सोच्नेले अनेक
यहाँ बहानाहरु बनेको छ

यहाँ त सिउँदोको बहाना
गरगहनाका बहाना
मिष्ठान्न खुराकको बहाना
थुप्रै थुप्रै अरुअरु नि छन्

जब म एकटुक्रा सानो खुसीमा रम्छु
र बाँड्छु त्यो पनि
त्यस बखत तय हुने गन्तव्य
अझ महान ठान्न पुग्छु

यही कम्जोरीले
मानिस स्वार्थ त्याग्छन्
जोसित लालच हुँदैन
उसित केही हुन्न
केही नहुनेसित
नहुने हुन सक्नेले
खुशी हुन सक्नु पर्छ

त्यो फलामकै सियो भाँचिदा पनि
दुखित् हुन बिर्सन हुन्न ।

Leave a Reply

Your email address will not be published.