खम्बुको नेतृत्वमा राई लेखक संघ

कला साहित्य -संस्कृति

लिभु संवाददाता
काठमाडौं– लेखक खुक्सङ खम्बु राईको अध्यक्षतामा १५ सदस्यीय किरात राई लेखक संघको नयाँ कार्यसमिति चयन भएको छ । किरात राई यायोक्खाको केन्द्रीय कार्यालय कोटेश्वरमा किरायाका उपाध्यक्ष दिवस राईको प्रमुख आतिथ्य र संघका पूर्वअध्यक्ष प्रकाश राईको विशेष उपस्थितिमा फागुन ५ गते सम्पन्न भेलाले नयाँ समिति चयन गरेको हो । यसअघि संघको अध्यक्ष अर्जुन खालिङको देहान्तपछि खुक्सङ खम्बु राई कार्यवाहक अध्यक्ष रहनुभएको थियो ।

खुक्सङ खम्बु राई

संघको कार्यसमितिको दुई उपाध्यक्षमा निराजन राई ‘बतास’ र बलिराज खम्बु, महासचिव तेजमाया राई, सचिव गणेशकुमार राई, कोषाध्यक्ष प्रगति राई र सह–कोषाध्यक्ष प्रकाशदुमी राई हुनुहुन्छ । त्यसैगरी सदस्यमा अमित चाम्लिङ, नमन राई, अनिल बान्तवा, रेनुका बाहिङ, अन्जना इछमफूल, केसर थुलुङ राई, विकास सौगात र भविशंकर राई रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published.