त्रिवि लगायत विश्वविद्यालयमा लोकवार्ता पढाइ हुने

कला साहित्य -संस्कृति

लिभु संवाददाता
काठमाडौं– नेपालीमा बोलिने भाषा, संस्कृति, लोकपरम्परालगायत समग्र जनजीवनको अध्ययन, अनुसन्धानका निम्ति त्रिभुवन विश्वविद्यालय अरु विश्वविद्यालयमा पठनपाठन व्यवस्था गर्ने घोषणा गरिएको छ ।

नेपाली लोकवार्ता तथा संस्कृति समाज (नेपाल फोकलोर सोसाइटी)ले आयोजना गरेको छैटौं अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलनको समापन समारोहमा दुई बु“दे काठमाडौं घोषणापत्र–२०१८ जारी गर्दै उक्त जानकारी गराइएको हो ।

त्यसैगरी लोकवार्ता विषयलाई प्रवद्र्धन गर्ने उद्देश्यले एसियाली मुलुकहरूमा जनजीवनको समग्र पक्षमा अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यसहित दक्षिण एसियाली लोकसंस्कृति तथा लोकवार्ता केन्द्र नेपालमा स्थापना हुने घोषणा गरिएको छ ।

घोषणापत्र जारी गर्दै समाजका अध्यक्ष तथा वरिष्ठ संस्कृतिविद् तुलसी दिवसले गणतान्त्रिक मुलुक नेपाल संघीय प्रदेश र स्थानीय तहसम्म बलियो तुल्याउने आधार नै लोकसंस्कृति, लोकपरम्पराहरुलाई ब्यु“झाउनु पर्ने बताउनु भयो । पर्यटन प्रवद्र्धनबाट सामाजिक समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ ।

‘त्यसैले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयमा लोकसंस्कृति केन्द्र स्थापना हुनेछ,’ आइतबार अपराह्न समापन समारोहमा उहाँले भन्नुभयो, ‘देशभरिका १२५ भन्दा बढी जातजाति, १२३ भन्दा बढी भाषाभाषीको अध्ययन अनुन्धानको व्यवस्था हुने घोषणा गर्दछु ।’ त्यसको समन्वयन लोकवार्ता समाजले गर्नेछ ।

सम्मेलनको संयोजकसमेत रहेका दिवसले दक्षिण एसियाली लोकवार्ता केन्द्र निर्माण हुन जानकारी दिनुभयो । ‘दक्षिण एसियाको केन्द्र नेपालमा रहने छ र प्रत्येक देशमा एक–एक वटा लोकवार्ता केन्द्रको सम्पर्क केन्द्र रहने छन्,’ उहाँले भन्नुभयो, ‘दक्षिण एसियाली मुलुकको लोकवार्ता, लोकजीवनको खोजी गर्दै त्यसलाई गुणस्तरीय तुल्याउन हरेक नाचगानलाई आर्थिक उपार्जनसित जोड्न जरुरी छ, जसले गर्दा दीगो विकासको निम्ति राष्ट्र निर्माण र विकासमा टेवा पुग्छ ।’

उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलनपछि जारी घोषणापत्र कार्यान्वयनका निम्ति सरकारले पहल गर्ने बताउनु भयो । साथै,े सम्मेलनमा प्रस्तुत अंग्रेजी र नेपाली भाषाका सयभन्दा बढी कार्यपत्रलाई पुस्तक प्रकाशन कार्य मन्त्रालयले जिम्मा लिने घोषणा गर्नुभयो ।

दुई दिने सम्मेलनमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, थाइल्याण्ड, फिनल्याण्ड, इन्टोनिया, स्पेन, अमेरिका, बेलायत लगायत मुलुकको प्रतिनिधिले लोकवार्ता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको उक्त सम्मेलनमा सांस्कृतिक संस्थानका कलाकारले नेपाली कला र संस्कृतिका वाद्यवादन, नृत्य प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.