काठमाडौंमा बैंकिङ् एक्स्पो हुने

अर्थ / वाणिज्य

काठमाडौं । राजनीति होइन उद्यमशिलताको बहस गरौं, घरघरबाट वित्तीय चेतना फैलाउ भन्ने नाराका साथ आगामी माघ १९ र २० गते राजधानीको भृकुटीमण्डपमा बैंकिङ् एक्स्पो हुने भएको छ ।

नेपाल बैङ्कर्स एसोशिएसनले राजधानीमा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो ।एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड, युवा स्वरोजगार कोष, नागरिक लगानी कोष, विकास वैंक तथा वीमा कम्पनीहरु, फाइनान्स कम्पनीलगायत सहभागि हुनेछन् ।

एक्स्पोमा करीब ७० वटा स्टल राखिने बताइएको छ ।आम नागरिकको बैकिङ् पहुँच बढाउने र बैंकबाट कर्जा लिएर उद्यमशिलताको विकास गर्ने तथा बैंकिङ् क्षेत्रमा भित्रिएका नयाँ प्रविधिवारे सर्वसाधारलाई जानकारी गराउन एक्स्पोको आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

यसैगरी ई बैकिङ् एवं अन्य बैंकिङ् कार्ड तथा मोवाईल बैंकिङ् सेवाबारे पनि जानकारी गराउने एक्स्पोको उद्देश्य रहेको आयोजकहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.