बायुङ राईको सेग्रो सिली प्रशिक्षण

बिशेष समाचार

लिभु संवाददाता
काठमाडौं । किरात यले संवत् ५०८४ को लिङ्मो वाक्सा (उभौली साकेला)को अवसरमा बायुङ राईहरुको साँस्कृतिक नाच सेग्रो (हङ) सिलीको प्रशिक्षण गरिएको छ ।

किरात बायुङ राई सुम्निखिम केन्द्रीय कार्यसमितिको आयोजनामा उक्त प्रशिक्षण संचालन गरिएको हो । कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा यही २०८१ जेठ ५ बाट सुरु गरिएको गरिएको हो ।

लोप हुँदै गएको बायुङ राईको साँस्कृतिक सिलीको पुस्तान्तरण गरी संरक्षण, संवद्र्धन र विकास गर्नु रहेको सुम्निखिमका केन्द्रीय अध्यक्ष ज्ञान बायुङ राई बताउनु भयो ।

यसैगरी सुनसरी जिल्लाको इटहरीमा पनि बायुङ राईको सेग्रो (हङ) सिलीको प्रशिक्षण दिइएको छ । सेग्रो (हङ) सिली बायुङ राईहरुको सबैभन्दा ठूलो पितृकार्जेमा नाचिने मुन्दुमी सिली हो ।

प्रशिक्षणको सुरुवातमा सबैभन्दा पहिला तुम्लो(मुन्दुम) संस्कार अनुसार सिलीमा उपयोग हुने सामग्रीहरुको पुजा गरिएको थियो । झःरझःसीहरुको पुजा गरिएको थियो । बोकोली नेवाली (तीनचुला) र सारिरेरी (पितृ)हरुसँग आशिर्वाद बल माग्ने कार्य गरियो । प्रशिक्षणमा सेवा सिली (आफ्नो कुलपित्र, बोकोली नेवाली (चुल्हो), उपस्थित सबैप्रति नमन गर्ने), आँगन चोखाउने (ख्ल्याक्चोम) सिली, पाखापखेरी झार जंगली फाट्ने सिली, सम्याउने सिली प्रस्तुत गरिएको थियो ।

यसैगरी खन्ने झार पात केलाउने सिली, बीउबिजन छर्ने रोप्ने, गोड्ने सिली, न्नाबाली काट्ने टिप्ने थुम्सेमा लगाउने, अन्न कुट्ने, झाड्ने, भक्पा सिली सिकाइएको थियो । साथै, जंगली पशुपन्छीहरुको अभिनय गर्ने सिली (बँदेल, सोक्से÷बाँदर, कल्चुडा आदि), जी (लक्षिण भित्राउने)सिली र ङार्कुवा (क¥याङकुरुङको अभिनया गर्ने) सिली सिकाइएको थियो ।

विश्वव्यपीकरणसँगै बायुङ राईहरुको तुम्लो (मुन्दुम) पनि संकटमा परेको र यसको मौलिक पहिचानको जगेर्ना गर्नु र भावी पुस्तालाई हस्तान्तरण गर्नु प्रमुख उद्देश्य रहेको किरात बायुङ राई सुम्निखिम इटहरीका उपाध्यक्ष आइतीबहादुर बायुङ राईले बताउनु भयो । उमेश बायुङ राईले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा २३ जनाबायुङ राईहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *