कोस्टारिकामा बिमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

प्रवास

एजेन्सी । कोस्टारिकाको पश्चिमी क्षेत्रमा विमान दुर्घटना हुँदा १० अमेरिकी पर्यटकसहित १२ जनाको मृत्यु भएको छ ।

गुआनाकास्ट प्रान्तको पहाडी क्षेत्र बेजुकोनजिकै भएको सो दुर्घटनामा १० जना अमेरिकी पर्यटक र कोस्टारिकन विमान चालक र सहचालकको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

राजधानी सान होसबाट पुण्टा इश्लिटा रिसोर्ट जाने क्रममा विमान दुर्घटनामा परेको स्थानीय अधिकारीले जनाएका छन् । दुर्घटनाको कारण खुलेको छैंन ।

Leave a Reply

Your email address will not be published.