न पूजा, न अश्लेषालाई पछ्याउँछन् प्रदीप !

मनोरन्जन
काठमाडौ । फेसबुक स्वामित्वको मोबाइल एप इन्स्टाग्राम नयाँ पुस्तामाझ निकै लोकप्रिय छ । विश्वका प्रख्यात व्यक्तिहरु समेत इन्स्टाग्राममा घन्टौं समय विताउने गर्छन् । नेपालमा पनि यसका प्रयोगकर्ता लाखौं छन् ।
युवा स्टार प्रदीप खड्का पनि इन्स्टाग्राममा प्रायः एक्टिभ रहने गर्छन् । हालसम्म १५४ फोटो अपलोड गरेका प्रदीपलाई करीब साढे ४४ हजारले इन्स्टामा फलो गरेका छन् ।
उनले भने निकै कम व्यक्तिलाई फलो गरेका छन् । जम्मा २७ जनालाई प्रदीप इन्स्टाग्राममा पछ्याउँछन् । २७ जनाको लिस्टमा नायिका प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायत छन् । तर, अनौठो के छ भने उनले आफ्ना दुई हिट फिल्म ‘प्रेमगीत’की नायिका पूजा शर्मा र ‘प्रेमगीत २’की नायिका अश्लेषा ठकुरीलाई भने फलो गरेका छैनन् ।
उनले हलिउड अभिनेता लियोनार्डो डि क्याप्रियो, नेपाली फिल्म निर्देशक दिनेश डिसी, ‘प्रेमगीत’ निर्माता सन्तोष सेन, उद्योगपति बरुण चौधरी र निर्वाण चौधरी, डिजाइनर यूवी थापा, ‘लिलिबिली’ नायिका जसिता गुरुङ लगायतलाई इन्स्टाग्राममा पुछ्याउँदा रहेछन् ।
‘प्रेमगीत’बाट रातारात स्टार भएका प्रदीप छोटो अवधिमै धेरै फ्यान फलोइंग बटुल्ने नेपाली अभिनेता हुन् । युवा पुस्तामा उनको क्रेज लोभलाग्दो छ । हालै मात्र उनको मुख्य भूमिका रहेको फिल्म ‘लिलिबिली’को छायांकन सकिएको छ । यो फिल्ममा उनले नायिका प्रियंका कार्की र नव-नायिका जसिता गुरुङसँग रोमान्स गरेका छन् ।

Leave a Reply

Your email address will not be published.