‘साली कस्को भेनाको’ मैदानमा

मनोरन्जन

काठमाडौं । ‘साली कस्को भेनाको’ नामक चलचित्रको छायांकन सुरु भएको छ । पुराना निर्माता प्रसाद श्रेष्ठको प्रस्तुतिमा बन्न लागेको यो चलचित्र भद्र भुजेलले निर्देशन गर्दै छन् । प्रसाद श्रेष्ठले यसअघि कर्जा, कान्छी, सन्तानजस्ता सफल चलचित्र निर्माण गरेका थिए । ‘साली कसको भेनाको’ को छायांकन चितवनबाट सूरु भएको छ । यसपछि धम्पुसमा गरिने बताइएको छ । कलाकार पुष्प आचार्यको कथा रहने चलचित्रमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत रहने छ ।

चलचित्रमा विल्सन विक्रम राई , सुष्मा कार्की, मरिस्का पोखरेल, रजनी गुरुङ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, पुस्कर गुरुङलगायतका कलाकारको मुख्य भूमिका रहने छ । यसै चलचित्रबाट दीप सागरले नायकको रूपमा डेब्यु गर्दैछन् ।

मानवीय समबेदनामाथि निर्माण गरिने यो चलचित्र कमेडी तथा पारिवारिक चलचित्र हुने बताइएको छ । यस चलचित्रमा मगर जतिको सँस्कृतिमा साली र भेनाबीचको सम्बन्ध देखाइनेछ । दीर्घ गुरुङको छायांकन रहने यस चलचित्रमा वसन्त श्रेष्ठ, गम्भीर विष्ट र सुमित लामा को नुत्य निर्देशन रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *