निशा अधिकारी बच्चा नजन्मिएसम्म अमेरिकामै रहने

मनोरन्जन

काठमाडौं । नायिका निशा अधिकारी केही समयदेखि सिनेमासम्बन्धी गतिविधिमा देखिएकी छैनन् । क्रिकेटर शरद भेषवाकरसँग बिहे गरेपछि उनी आफ्नै ब्यानरमा निर्मित ‘झ्यानाकुटी’ चलचित्रको प्रदर्शनमा सक्रिय भइन् ।

आफूले बनाएको पहिलो चलचित्रले राम्रो सफलता पाएपछि उनी निकै दंग थिइन् । यही बीचमा उनले आफू गर्भवती भएको तथ्य सार्वजनिक गरिन् ।आफू गर्भवती भएको कुरा निशाले त्यतिबेला मात्र सार्वजनिक गरिन्, जतिवेला उनी अमेरिका पुगिन् । यतिखेर निशा अमेरिकामा छिन् । आइतबार मात्र निशाले सेल्फी तस्बिर फेसबुकमा सार्वजनिक गरेकी छन् । त्यो तस्बिर अमेरिकाबाटै अपलोड भएको देखिन्छ ।

उनी निकट कलाकारहरूका अनुसार निशा अब बच्च जन्माउनुअघि नेपाल आउने छैनन् । बच्चा जन्मिएपछि मात्र नेपाल आउने विषयमा शरद भेषवाकर र निशा अधिकारीबीच सहमति भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *