भृकुटीमण्डपमा सूचना प्रविधि मेला सुरु

अर्थ / वाणिज्य

काठमाडौं।  बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा सूचना प्रविधि मेला सुरु भएको छ ।  ‘सुविसु क्यान इन्फोटेक–२०१८’ नाम दिइएको मेलाको एक कार्यक्रमकाबीच सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका हुन् ।

सूचना र प्रविधिका क्षेत्रमा भएका नयाँ प्रयोगबारे जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको क्यान महासंघका उपाध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

६ दिनसम्म चल्ने मेलामा अवलोकनकर्ताले आफूलाई आवश्यक परेको सूचना प्रविधिसम्बन्धि सामग्री छुटसहित खरिद गर्न सक्ने व्यवस्था पनि गरिएको छ । मेलामा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन, मोबाईल एस्सेसोरिज, डिलर र डिष्ट्रीबुसन, इन्टरनेट सेवा लगायत राखिएको छ ।

३ सय वटा भन्दा बढि स्टल रहेको मेलामा नेपालमा उत्पादित सामग्रीहरु पनि राखिएको छ । माघ १४ गतेको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ ।

मेलामा निशुल्क इन्टरनेट सेवा पनि प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । मेलामा प्रवेशका लागि सर्वसाधारणलाई सय रुपैँया र विद्यार्थीहरुका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published.