राष्ट्रियसभा निर्वाचनका लागि शुक्रवारदेखि आचार संहिता लागू

मुख्य समाचार

काठमाडौं । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि शुक्रवारदेखि आचार संहिता लागू भएको छ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि माघ १२ गतेदेखि आचारसंहितचा लागू गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सरकारको मन्त्रीदेखि सामुदायिक विद्यालयका शिक्षकसम्मलाई आचारसंहिता लागू हुने जनाएको छ । सरकार, मन्त्री, प्रदेश सरकार, स्थानीय तहका प्रतिनिधि, कर्मचारी, सरकारी कार्यालय तथा अर्ध सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभागका सुरक्षाकर्मीलाई आचारसंहिता लागू हुनेछ ।

त्यसैगरी निर्वाचनमा संलग्न कर्मचारी, राजनीतिक दल र भातृ संगठन, उम्मेदवार, पर्यवेक्षक, सरकारी र निजी सञ्चार माध्यम, गैर सरकारी संस्था, सरकारी विश्वविद्यालय र सामुदायीक विद्यालयका शिक्षक र कर्मचारीलाई आचारसंहिता लागू हुने आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published.