दक्षिण भारतको एक रेष्टुरेन्टमा आगो लाग्दा ५ कामदारको मृत्यु

प्रवास

एजेन्सी ।  दक्षिण भारतीय राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा आज भएको आगलागीमा त्यहाँ कार्यरत पाँच जनाको मृत्यु भएको छ । मृतकको खनाखत हुन बाँकी छ।

प्रहरीका अनुसार कामदारहरु निदाइरहेको बेला रेष्टुरेन्टमा बिहान सबेरै आगलागी भएको हो । आगो नियन्त्रणमा आएको र मृतकलाई पोष्ट मार्टमको लागि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

गत साता मुम्बइको कमला मिलस् कम्पनीमा भएको आगलागीमा परी ११ महिलासहित १४ जनाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published.