आर्सनल र चेल्सी बराबरीमा रोकिए

खेल

एजेन्सी । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गगत गएराति भएको खेलमा आर्सनल र चेल्सीले २(२ गोलको बराबरी खेलेका छन् ।

आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीका ज्याक विल्सेरले पहिलो गोल गरे । यसपछि एडिन हाजार्डले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई खेलमा फर्काए ।

८४ औं मिनेटमा मार्कस अलन्सोले एक गोल थप्दै पाहुना टोली चेल्सीलाई २(१ को अग्रता दिलाए । तर खेलको अन्तिम मिनेटमा आर्सनलका हेक्टर बेलेरिनले बराबरी गोल गर्न सफल भए ।

यो बराबरीपछि चेल्सीले अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडलाई उछिन्ने मौका गुमाएको छ ।

लिगमा २२ खेलबाट ६२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ४७ अंक छ भने ४६ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published.