व्याकुल माइला गोल्डकप नवौं संस्करणः सहआयोजक टिम दुधकौशिका आधारभूत विद्यालय टिम विजयी

खेल प्रदेश १

लिभु संवाददाता
ओखलढुंगा– ओखलढुंगाको मानेभन्ज्याङ–६ सोक्माटार ब्आलेमबगर दुधकोसी किनार मैदानमा जारी व्याकुल माइला गोल्डकपको नवौं संस्करणमा सहआयोजक टिम दुधकौशिका आधारभूत विद्यालय टिम विजयी भएको छ ।

नयाँ नेपाल सरोकार समाजले आयोजना गरेको खेलको आठौं दिन शनिबार भएको खेलमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ वडा टिमलाई २ का विरुद्ध ७ गोलले पराजित गर्दै आयोजक टिम विजयी बनेको हो ।

विजयी भएसँगै दुधकौशिकाले २ लाख २ हजार २ सय २२ रुपैयाँ, चाँदीको शिल्ड हातपारेको छ । यसैगरी उपविजेता बनेको हलेसी तुवाचुङ नगरपालिका–१ वडा टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँ, मेडल प्राप्त गरेको छ ।

सेमिफाइनल खेलमा चित्त बुझाएका मितेरी युवा क्लब–ए र रिभोरुङ युवा क्लब माथिल्लो रिचुवाले २०–२० हजार रुपैयाँ तथा शिल्ड प्राप्त गरेका छन् । व्याकुल माइला गोल्डकप नवौं संस्करण मूलआयोजक समितिका सचिव नविनकुमार राईले दिएको जानकारी अनुसार १० हजार रुपैयाँ राशिको ‘दिल–कर्ण बेस्ट टिम अवार्ड’ सप्तरङ्गी युवा परिवार फोकुलले प्राप्त गरेको छ ।

यस्तै, ५ हजार रुपैयाँ राशिको बेस्ट प्लेयर सतिश सुवालले प्राप्त गरेका छन् । यसैगरी ६ गोल गरी हलेसी तुवाचुङका सुजन माझी हाई स्कोरर अवार्ड र चन्द्रकुमार श्रेष्ठले उत्कृष्ट गोलकिपर घोषणासँगै जनही ५ हजार रुपैयाँ र मेडल पाएका छन् । यसैगरी आयोजक टिम नयाँ नेपाल सरोकार समाजका सन्दीप राईले ‘राइजिङ प्लेयर’ अवार्डसँगै ५ हजार रुपैयाँ नगद पाएका छन् ।

मानेभन्ज्याङ गाउँपालिकाको सहयोगमा संचालित खेलमा संचालित नवौं संस्करणको खेलमा २३ टिम सहभागी भएर प्रतिस्पर्धामा उत्रिएका थिए । ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारासहित २०६८ सालबाट राष्ट्रगानका रचयिता व्याकुल माइलाको जन्मथलोमा गोल्डकप सुचारु छ ।

खेल समापन समारोहमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति सांसद रामहरि खतिवडाले विजयी खेलाडीलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । खेलमैदानको प्यारापिट निर्माणमा सहयोग पु¥याएवापत पूर्वसांसद यज्ञराज सुनुवारलाई सम्मान प्रदान गरिएको थियो ।

समारोहमा राष्ट्रगानका रचयिता व्याकुल माइला, गाउँपालिका प्रमुख ज्ञानेन्द्र रुम्दाली, हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राई, सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाल, ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी चेतराज बराल, विभिन्न राजनीतिक दलका प्रतिनिधिसमेतको उपस्थिति रहेको थियो ।

शनिबार सम्पन्न फाइनल चरणको खेल केही ढिलो गरी सुरु भएको थियो । नवौं संस्करण मैदानमा बिजुली बत्तीको व्यवस्था गरिएको थियो । सेमिफाइनल र फाइनल खेल अवधीभरि व्याकुल माइला गोल्डकप फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । सुदीप राई र बिरास राईले प्रसारणको जिम्मेवारी लिएका थिए ।

खेल समापनपछि विभिन्न कलाकारले गीत गायन तथा नृत्य प्रस्तुत गरेका थिए भने हजारौं युवाहरूले उपस्थिति जनाएर मनोरञ्जन लिएका थिए । कोसी किनारामा आधा दर्जनभन्दा बढी दोकानमा खानपानको व्यवस्थासमेत रहेकाले सहभागीलाई सहज भएको थियो । लिब्जुभुम्जु डटकम मिडिया पार्टनरका रूपमा रहेको थियो ।

तस्बिर सौजन्यः हुकुम राई

(नोटः यो समाचार ह्याक भएर उडेको कारण रेकर्डका निम्ति पुनः पोस्ट गरिएको छ । सम्पादक)

Leave a Reply

Your email address will not be published.