डिभिजन- २ को लागि प्रारम्भिक टोली घोषणा, सागर र विनोद आउट

खेल

काठमाडौं  । आगामी फेब्रुअरीमा नामिवियामा हुने वर्ल्ड क्रिकेट लिग डिभिजन २ क्रिकेट प्रतियोगिताको लागि २१ सदस्यी प्रारम्भिक नेपाली टोली घोषणा भएको छ।

नियमित रुपमा नेपाली टोलीबाट खेल्दै आएका सागर पुन र विनोद भण्डारीलाई बाहिर राख्दै नेपाली टोलीको घोषणा भएको हो। राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसी प्रतिनिधि अमिनुल इस्लाम रहेको छनोट समितिले पहिलो चरणमा २१ खेलाडी छनोट गरेको राष्ट्रिय टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।

यस्तै यू-१९ राष्ट्रि टिमका स्टार रोहित कुमार पौडेल, फास्ट बलर किशोर महतो र रासिद खान तथा स्पिनर ललित नारायण राजवंशीले पहिलो पटक राष्ट्रिय टिमको सूचीमा स्थान बनाएका छन्।

यसअघि गत वर्ष एसीसी इमर्जिङ कप खेलेका बलर दीपेश श्रेष्ठलाई पनि प्रारम्भिक सूचीमा राखिएको छ। यस्तै सुनिल धमाल, सुसन भारीले पनि सूची अटाएका छन्।

डिभिजन २ फेब्रुअरी ६ देखि १६ सम्म नामिवियामा हुँदैछ। जसमा नेपाल र आयोजक नामिवियासँगै युएई, केन्या, क्यानडा र ओमानले प्रतिस्पर्धा गर्नेछन्। त्यसमा शीर्ष दुईमा रहने टिम मार्चमा हुने वान डे वर्ल्ड कप क्वालिफायरका लागि छनोट हुनेछ।

प्रारम्भिक नेपाली टोली

अनिल कुमार शाह

बसन्त रेग्मी

दीलिप नाथ

दीपेन्द्र सिंह ऐरी

दिपेश श्रेष्ठ

ज्ञानेन्द्र मल्ल

करण केसी

किशोर महतो

ललित भण्डारी

ललित नारायण राजवंशी

मोहम्मद आरिफ शेख

पारस खड्का

रोहित पौडेल

रसिद खान

सन्दीप लामिछाने

शक्ति गौचन

शरद भेषावकर

सिद्दान्त लोहनी

सोमपाल कामी

सुनिल धमाल

सुसन भारी

Leave a Reply

Your email address will not be published.