२२ खेलबाट ६२ अंक जोड्दै म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

खेल

एजेन्सी । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी, टोटनह्याम हट्सपर, वेष्ट ह्याम युनाईटेड र क्रिष्टल प्यालेस विजयी भएका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले वाट्फोर्डलाई ३-१ ले हरायो ।

खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक–एक गोल गर्दा वाट्फोर्डका क्रिश्चिय काबासेलीले एक आत्माघाति गोल गरे । पराजित टोलीका लागि एन्डी ग्रे ले एक सान्तोना गोल गरेका थिए । प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले स्वान्सी सिटीलाई २-० ले पराजित गर्‍यो । टोटनह्यामका लागि फर्नान्डो लोरेन्ते र डेले अलीले एक–एक गोल गरे ।

गएराति भएका अन्य खेलमा क्रिष्टल प्यालेसले साउथह्याम्पटनलाई २-१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले वेष्ट ब्रोममाथि २-१ कै जित निकालेको छ । गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २२ खेलबाट ६२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।

समान खेलबाट ४७ अंक जोडेको म्यान्चेस्टर युनाइटेड दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको चेल्सी ४५ अंकसहित तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published.