‘माछीले खाने खोलीको लेउ आए म त कान्छा तिम्रो छेउ’ (भिडियोसहित)

मनोरन्जन

काठमाडौँ । पछिल्लो समय गीतको मापन युट्युब ट्रेन्डिङबाट गर्ने चलन ह्वात्तै बढेको छ । कसको गीत कति चल्यो भनेर जान्न युट्युबका ट्रेन्डिङमा छ कि छैन भनेर हेर्दा पुग्छ ।

पछिल्लो समयकी व्यस्त नायिका प्रियंका कार्की र कार्टुन्ज क्र्युका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको एउटा गीत युट्युबको ट्रेन्डिङमा परेको छ ।

‘माछीले खाने खोलीको लेउ’ बोलको गीत नेपालको ट्रेन्डिङको नम्बर १ मा परेको हो । दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको संगीतमा तयार भएको गीतमा सरोज ओली र मेलिना राईले स्वर भरेका छन् । गीत उदयराज पौडेलको एरेन्जमा तयार भएको हो ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो ९ लाख ९२ हजार पटक हेरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published.