पद्मावतमा दीपिकाको पारिश्रमिक कति ?

मनोरन्जन

काठमाडाैं । विवादबीच रिलिज भएको फिल्म ‘पद्मावत’ले तीन दिनमा सोचेभन्दा बढी कमाइ गरेको चर्चा बलिउडमा छ । तर, पद्मावतका मुख्य कलाकारको कमाइचाहिँ कति होला ?

केही दिनअघि एउटा खबर आएको थियो, फिल्मका दुई को-स्टार रणवीर सिंह र साहिद कपुरलाई भन्दा दीपिकालाई बढी पारिश्रमिक मिलेको छ । यसलाई दीपिका स्वयंले पनि पुष्टि गरेकी थिइन् । एक कार्यक्रममा उनलाई सोधिएको थियो-के तपाईंको पारिश्रमिक रणवीर र साहिदको भन्दा बढी छ ? उनले जवाफ फर्काएकी थिइन्, ‘हो’ ।

पछिल्लो खबरअनुसार दीपिकाले पद्मावतका लागि ११ करोड रुपैयाँ पाएकी छिन् । जबकि रणवीरलाई ८ करोड र साहिदलाई ६ करोड रुपैयाँ मात्रै पारिश्रमिक दिइएको छ । यो फिल्म लगभग २०० करोडमा बनेको हो । –एजेन्सीकाे सहयाेगमा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *