शेरधन राई प्रदेश नं.१ को मुख्य मन्त्री सुनिश्चित

प्रदेश प्रदेश १ मुख्य समाचार समाचार

लिभु संवाददाता

काठमाडौं– संघीय प्रदेश नं.१ को मुख्यमन्त्री शेरधन राई हुने पक्का भएको छ । उक्त प्रतिनिधिसभा र प्रदेशसभामा बहुमतप्राप्त गरी एमाले प्रमुख दल बनिसकेको छ । मुख्यमन्त्रीको दौडमा रहेका एमालेका सचिव एवं प्रदेश ईञ्चार्ज भीम आचार्य पोलीटब्यूरो सदस्य तथा प्रदेशका सह–इन्चार्ज शेरधन राईबीच प्रतिस्पर्धा चलेको थियो ।

मुख्यमन्त्री हुनका निम्ति संसदीय दलको नेता बन्ने होड बढेपछि पार्टीले चुनावी प्रक्रियाबाट बाटो निकास दिएको हो । शुक्रबार भएको मतदानबाट प्रदेश १ को एमाले संसदीय दलको नेतामा शेरधन राई विजयी हुनु भएको हो । प्रदेशको राजधानी विराटनगरमा सम्पन्न मतदानमा जम्मा ५१ मतमध्ये विजयी राईले २६ र आचार्यले २४ मत प्राप्त गर्नुभएको थियो । कुलमतमध्ये १ मत बदर भएको थियो । संसदीय दलका नवनिर्वाचित नेता राई एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिनु हुन्छ । त्यसैगरी आचार्य एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिनु हुन्छन् ।

एमाले नेता तथा प्रदेशसभाका सांसद राई २०५६ सालको आमनिर्वाचनमा सबैभन्दा कान्छो सांसदका रुपमा भोजपुरबाट निर्वाचित हुनुभएको थियो । त्यसपछि संविधानसभा २०७० मा पुनः भोजपुर क्षेत्र नं.२ बाट निर्वाचित हुनु भएको थियो । त्यसपछि एमाले सरकारमा शेरधन राईले सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो । यसै वर्ष २०७४ सालमा सम्पन्न प्रदेशसभाको निर्वाचनमा उहाँ भोजपुरबाट निर्वाचित हुनु भएको हो । अब बन्ने प्रदेश सरकारमा राईले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published.