शुक्रराज बायुङ राईको नेतृत्वमा सुम्निखिम द्याल कार्यसमिति

प्रदेश १ समाचार

लिभु संवाददाता
सुनसरी । किरात बायुङ राई सुम्निखिम इटहरी, तरहरा र शान्तिनगर द्याल कार्यसमिति गठन भएको छ । शुक्रराज बायुङ राईको नेतृत्वमा ११ सदस्यीय देल कार्यसमिति चयन भएको हो । किरात बायुङ राई सुम्निखिम सुनसरी जिल्ला कार्यसमितिका अध्यक्ष चन्द्रबहादुर बायुङ राई र उपाध्यक्ष आईतीबहादुर बायुङ राई आतिथ्यतामा द्याल कार्यसमिति गठन भएको हो ।
कार्यसमितिको उपाध्यक्ष बलमाया बायुङ राई, सचिवद्वय दलबहादुर बायुङ राई र फागुधन बायुङ राई तथा कोषाध्यक्ष विमला बायुङ राई छन् । यसैगरी सदस्यहरूमा जीना बायुङ राई, उत्तम बायुङ राई, दिपबहादुर बायुङ राई, सबिता बायुङ राई, नारायण बायुङ राई र राजकुमार बायुङ राई रहेका छन् ।

Leave a Reply

Your email address will not be published.