नेपालको स्तरोन्नति गराउन प्रधानमन्त्री ओलीको आह्वान

समाचार

लिभु संवाददाता
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विकासशील राष्टकमा स्तरोन्नति गराउन र दीगो विकासका लक्ष्य हासिल गर्नका लागि अन्तर्राष्टिकय समुदायलाई सहयोगको आह्वान गर्नुभएको छ । संयुक्त राष्टक संघको महासभामा सहभागी हुँदा विभिन्न देशका प्रमुखहरुसँग भएको सामुहिक र एक्लाएक्लै भेटमा यस विषयलाई आफूले गम्भिर रुपमा उठाएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

दुई साता लामो अमेरिका भ्रमणबाट बिहीबार स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीका तर्फबाट जारी सन्देशमा सो कुरा उल्लेख छ । प्रधानमन्त्री ओलीको प्रेस नोटमा अल्पविकसित, भूपरिवेष्ठित तथा साना मुलुकहरुले सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै अन्तर्राष्टिकय सहयोग जुटाउनसमेत महासभा उपयोगी मञ्च भएको उल्लेख छ ।

१२१ देशका सरकार प्रमुखहरुले भाग लिएको महासभामा अधिकम विकसित तथा भूपरिवेष्ठित राष्टकका समस्याहरुप्रति विश्वको ध्यान आकर्षण गराउँदै यस्ता देशहरुलाई थप सहयोग आवश्यक रहेको कुरा महासभामा उठाएको प्रधानमन्त्री ओलीको प्रेस नोटमा उल्लेख छ । ‘जलवायु परिवर्तनले पर्वतीय पर्यावरणमा पारेको प्रभाव न्यूनकिरण गर्दै दीगो विकास लक्ष्यहरु हासिल गर्न साधन स्रोतको आवश्यकता औल्याउदै मानवअधिकार, आतंकवाद लगायत विश्व राजनीतिका विविध नेपालको स्पष्ट धारणा राखेको छु,’ प्रेस नोटमा उल्लेख छ ।

महासभामा अमेरिकी राष्टकपति डोनाल्ड ट्रम्प, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर, बेलायतका प्रधानमन्त्री, कम्बोडियाका प्रधानमन्त्री, क्यानडाका प्रधानमन्त्री लगायतका नेताहरुसँग भेटेर नेपालको राजनीति र सामाजिक पक्षका विविध विषयहरुमा स्पष्ट पारेको उल्लेख छ । नेपालको कुटनीतिक दायरालाई थप फराकिलो बनाउँदै जाने नीति अनुरुप मडागास्करसँग नेपालको कुटनैतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धि समझदारी पत्रमा समेत हस्ताक्षर भएको जनाइएको छ । प्रधानमन्त्री ओलीका तर्फबाट जारी गरिएको प्रेस नोट परराष्टक मन्त्री प्रदिप ज्ञवालीले बाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.