बबिना किरातीको पहिलो एल्बम ‘मर्निङ’ बजारमा

प्रदेश प्रदेश १ मनोरन्जन समाचार

लिभु संवाददाता
काठमाडौँ– गायिका बबिना किरातीको गीति एल्बम मर्निङ द बिगिनिङको विमोचन गरिएको छ। एनटिभी प्लसको कार्यक्रम झंकार लाइभ शो मार्फत वरिष्ठ संगीतकर्मी पारस मुकारुङले एल्बमको विमोचन गर्नुभएको थियो।

नेपाली सांगीतिक क्षेत्रमा संगीतको यात्रामा निस्केका बबिनाको पहिलो एल्वम मर्निङभित्र सात वटा गीत समावेश गरिएका छन् । चर्चित संगीतकार डिआर अटुको एकल संगीत रहेको उक्त एल्बममा गणेश पौडेल, छविशित कुलुङ, यल्जी विवश, धरती कल्पना, सुरेन्द्र कार्की र मिलन किरातीको शब्द रचना रहेका छन् भने राजु कार्की, अमोस तामाङ, पुष्कर सुनुवार र महाराज थापाको संगीत संयोजन रहेको छ। बबिनाको एकल सुमधुर आवाजले भरिएको उक्त एल्बमको एउटा गीतमा सङ्गीतकार अटु आफैले शब्द रचना गरेका छन् ।

विमोचन कार्यक्रममा एल्बमभित्र रहेको माथि-माथि हिमाली भेगमा बोलको गीतलाई प्रत्यक्ष प्रसारण गरिएको थियो। सो गीतमा अटुको संगीत, राजु कार्कीको संगीत संयोजन रहेको छ। यस गीतमा लमजुङको चर्चित पर्यटकीय रमणीय स्थल घले गाउँको मनमोहक दृष्यहरु समेटिएर छायांकन गरिएको छ। भिडियोलाई बिन्धवासिनी म्युजिकको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिने जनाइएको छ।

विमोचन समारोहमा एरेन्जर राजु कार्की, भिडियो निर्देशक युवराज वाइवा, मोडल अनिश मगरलगायत उपस्थित थिए।

Leave a Reply

Your email address will not be published.