युकेबाट प्रदेश न १ को नाम लिम्बुवान हुनुपर्ने माग

प्रवास समाचार

लिभु संवाददाता
बेलायत– गत २८ अगष्ट २०१८ का दिन किरात याक्थुङ चुम्लुङ युकेले एक विज्ञप्ति जारी गरि प्रदेश नम्बर १ को नामाङ्कन लिम्बुवान हुनुपर्ने माग गरेको छ ।

नेपालको नयाँ संरचना अन्तर्गतको ७ प्रदेशहरु मध्ये प्रदेश न १ को सम्बन्धमा चुम्लुङले भनेको छः सबैभन्दा पछिल्लो समय सम्म स्वतन्त्र राज्यको रुपमा रहेको र स्वायत्त लिम्बुवान रहने गरि गोर्खा राज्य संग सम्झौता गरि नेपालमा जोडिएको ताजा इतिहासलाई सम्मान गर्दै । ऐतिहासिक आधारमा प्रदेश न. १ को नाम ‘लिम्बुवान“ वा ‘लिम्बुवान किरात“ राख्नु पर्दछ । देशविदेश र संयुक्त राष्ट्रसङ्घमा समेत लिम्बुवानको मुद्धा एवं पहिचान स्थापित भईसकेको कारण स्थायी शान्ति, समृद्धिको निम्ति सरकार तथा सम्बन्धित निकायले प्रदेश न १ को नामावली लिम्वुवान प्रदेश नै हुनुपर्ने बताएको छ । र लिम्बुवान प्राप्तिको आन्दोलन सयौ बर्ष सम्म चलिरहने प्रतिबद्धता पनि विज्ञप्तिमा दोहयाएका छन ।

पहिचानको मुद्धामा एकपछि अर्को गर्दै गलत कार्य र बेइमानी थप्ने काम अहिलेको सरकारबाट भईरहेको भएपनि प्रदेश न. १ को नामाङ्कनको सम्बन्धमा सरकारबाट पुनः गलत निर्णय नहोस भनी सावधान गराएका छन् । त्यस्तैगरि मुलुकी संहिता २०७४ मा गोरुगाई मारेकोमा ३ बर्ष कैद सजायको बारेमा पनि विज्ञप्ति मार्फत विरोध जनाएका छन ।

Leave a Reply

Your email address will not be published.