सम्झनामा क्रान्तिनायक रामप्रसाद राई

मुख्य समाचार राजनीति

गणेश वाम्बुले राई


काठमाडौं– फागुन १८ गते क्रान्ति नायक रामप्रसाद राईको जन्म जयन्ती हो । उनी २००८ सालको ‘सिंहदरबार विद्रोह’का नायक थिए । दिल्ली सम्झौताप्रति असन्तुष्ट भएपछि विद्रोह थियो त्यो । विद्रोहपछि रामप्रसाद राई राज्यबाट षडयन्त्र गरी मारिए अर्थात् बेपत्ता पारिए । नत्र राज्यबाट औपचारिक रुपमा खोजि निधो हुनुपथ्र्यो तर भएन । उनी मुक्ति योद्धा थिए ।

मुलुकमा प्रजातन्त्र भित्र्याउन रामप्रसाद राईले पु¥याएको योगदानलाई राजनीतिक दल र संवद्ध नेताले त्यसको मूल्यांकन गरेकै हुनुपर्छ । त्यसैले गर्दा रामप्रसाद राई स्मृति प्रतिष्ठान गठन गरिएको हुनुपर्छ । उक्त प्रतिष्ठानको नेतृत्व नेकपा एमाले पंक्तिबाटै हुँदैआएको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी स्वयं रामप्रसाद राई स्मृति प्रतिष्ठानको अध्यक्ष हुनुहुन्थ्यो ।

त्यसरी बेपत्ता पारिएका योद्धाको खोजी र स्थिति पत्ता लगाउन परिवारजनको आग्रह त हुने नै भयो । प्रजातन्त्र र अहिले लोकतान्त्रिक गणतन्त्रको ४१औं प्रधानमन्त्री केपी शर्मा ओली सरकारले मुक्तियोद्धा रामप्रसाद राईको उचित मूल्यांकन गरी ‘राष्ट्रिय विभूति’ घोषणा हुनसक्नु पर्ने प्रतिष्ठानको माग दोहोरिएको छ ।

रामप्रसाद राईको जन्म वि.सं. १९६५ साल फागुन १८ गते माझकिरात भोजपुर जिल्लाको बासिखोरा सान्दिलुङ गाउँमा भएको छ । गणतान्त्रिक सरकारले उनै मुक्तियोद्धाको सम्झनामा ‘रामप्रसाद राई गाउँपालिका’ घोषणा गर्नु सकारात्मक छ । अब उनलाई जिवित फेला सक्दैनन् तर उनको योगदानलाई राज्यले उचित मूल्यांकन गर्नै पर्छ ।

Leave a Reply

Your email address will not be published.