युएस बंगलाको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा मृत्यु भएकामध्ये चारजना नेपालीको सनाखत

मुख्य समाचार समाचार

लिभु संवाददाता, काठमाडौं–  युएस बंगलाको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा मृत्यु भएकामध्ये  चारजना नेपालीको सनाखत भएको छ । दुर्घटनास्थलबाट केएमसी अस्पतालमा उपचारका लागि लगिएका १५ जनामध्ये आठ जनाको मृत्यु भएको हो ।  जसमा सनाखत भएका नेपालीमध्ये सजना देवकोटा, प्रविण चित्रकार हरिशंकर पौडेल र रोकिकुल हसन रहेका छन् ।

बंगलादशको राजधानी ढाकाबाट काठमाडौ आएको उक्त विमान आज दिउसो विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटना भएको थियो । विमानमा चालक दलका चार सदस्यसहित ७१ जना सवार थिए ।  ७ जना यात्रुको मृत्यु भएको पुष्टि भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.