ओलीको व्यवहारप्रति राजपा नेताहरु उत्साहित

राजनीति

लिभु संवाददाता

काठमाडौं, २२ फागुन । सरकारमा सहभागि गराउने विषयमा एमाले अध्यक्ष केपी ओली र राजपा बीच झलफल भइरहेको छ । राजपासँग पटक पटक बैठक बस्दा पनि सरकारमा जान आनाकानी गरिरहेका राजपा नेताहरु भने अहिले प्रधानमन्त्री ओली प्रति निकै सकारात्मक देखिन थालेका छन् ।

एमालेले फोरमलाई मात्र महत्व दिएको र आफूहरुलाई कुनै महत्व नदिएको भन्दै गुनासो आएपछि ओलीले राजपा नेतासँगको छलफललाई पनि अगाडि बढाएका हुन् । प्रधानमन्त्री ओलिले राजपालाई पनि सरकारमा सहभागि गराएर देश बनाउने बाटोमा आफू लाग्ने कुरा छलफलमा गरेका थिए । बैठक सकिए लगत्तै राजपा नेताहरुले प्रधानमन्त्रीको व्यवहार मा सकारात्मक परिवर्तन आएको भन्दै सरकारमा सहभागि हुने संकेत दिएका छन् ।

बैठकमा महन्थ ठाकुर बाहेक राजपा अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, राजकिशोर यादव, शरदसिंह भण्डारी, महिन्द्र राय यादव र अनिल झा सामुहिक सहभागि थिए ।

पछिल्लो समय प्रधानमन्त्री ओलीमा निकै परिवर्तन आएको र वास्तविक रुपमा पनि ओली देश बनाउने मिसनमा लागेको राजपाका नेताहरुले बताएका छन् । राजपाले ओलीको मिसनमा मिलेर देशलाई विकासको गतिमा लैजान चाहेको बताएका छन् । सकेसम्म ओली दुईओटै मधेशवादी दलसँग सहकार्य गर्न तयार भएका छन् ।

Leave a Reply

Your email address will not be published.