इतर आवाजले कोरियामा कविता कन्सर्ट गर्ने

कला साहित्य -संस्कृति प्रवास

 

तर आवाज साहित्य समाज कोरियाले कविता कन्सर्ट गर्ने भएको छ । पछिल्लो चरण कोरियामा विशेषगरी साहित्यिक जमघट बाक्लो हुने गरेको छ । अध्ययन र रोजगारीको शिलशिलामा कोरिया आएका प्रवासी नेपाली यूवाहरु फुर्सदको समयलाई सदुपयोग गर्दै यसरी सिर्जनात्मक कार्यमा लाग्ने गरेका छन ।

कोरियन नयाँ वर्ष सलनाल विदाको अवसर पारेर आयोजना गर्न लागिएको कविता कन्सर्टको लागि नेपालबाट कवि उपेन्द्र सुब्बा र कवि स्वाप्निल स्मृति आईपुग्ने आयोजक इतर आवाजका अध्यक्ष एवं कवि पराजित पोमुले बताए । उनले उक्त कविता कन्सर्टमा कोरियामा रहेका सम्पूर्ण साहित्यानुरागी नेपालीलाई उपस्थित भइदिन आग्रह गर्दै कार्यक्रमको अन्तिम तयारी सकिएको जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published.