हकिङ अव इतिहास मात्रै

पत्रपत्रिका

लन्डन (एजेन्सी) । अल्वर्ट आइस्टाइनपछिका सबै भन्दा चर्चित वैज्ञानिक मानिने स्टेफन हकिङको बुधवार निधन भएको छ । बेलायतको क्याम्ब्रिजस्थित निवासमा ७६ वर्षको उमेरमा उनको निधन भएको हो ।

२१ वर्षको उमेरमा “मोटर न्युरोन” नामक स्नायुसम्त्रन्धी रोग लागेर हलचल गर्न नसक्ने अवस्थामा पुगेको हकिङ चिकित्सकले दाबी गरेभन्दा ५ दशक बढी बाचेँर विदा भएका छन् । रोगको सुरुवाती चरणमा परीक्षण गराउँदा डाक्टरले उनी २ वषमात्र बाच्ने बताएका थिए । शारीरिक रुपमा अशक्त भए पनि हकिङको मष्टिकले विश्वलाई ब्रह्मान्डसम्बन्धी जटिल प्रश्नको सरल उत्तर दिएको छ । उनले “ब्ल्याक होल” को विस्फोटनबाट ब्रह्मान्डको उत्पति भएको तथ्य पत्ता लगाएका थिए । ब्ल्याक होलका सतहमा कणहरु आउजाउ हुने क्रममा यो खुम्चदै जाने तथ्य पत्ता लगाएका थिए । सन् १९७४ मा उनले पत्ता लगाएको यो तथ्यलाई हकिङ रेडियसन् भनेर चिनिन्छ ।

१९८८ मा प्रकाशित उनको ब्रह्मान्डसम्बन्धी पुस्तक “अ ब्रिफ हिस्ट्री अफ टाइम” एक करोड भन्दा बढी विक्री भएको छ । शारीरिक अशक्तताका बाबजुद उनले जीवनभर भौतिकशास्त्रसम्बन्धी अध्ययन र अन्वेषणमा विताए । यही कारण उनी पछिल्लो पुस्ताका लागि प्रेरक व्यक्तिसमेत मानिन्छन् । उनी ३७ वर्षको उमेरमा क्याम्ब्रिज विश्वविद्यालयको लुकासियन प्रोफेसर अफ म्याथम्याटिक्स बनेका थिए, जुन स्थान न्युटन सहित केही महान वैज्ञानिकले पाएका थिए ।
रोगले थलिएपछिको उमेर उनले ह्विलचियरमा विताए भने मेसिनको सहायताले मात्रै सञ्चार गरे । उनले जीवनको अन्तिम समयसम्म आफ्नै सिद्घान्तको समीक्षा र ब्रह्मान्डसम्बन्धी चिन्तन गरिरहे ।

उनले सन् २००४ मा ब्ल्याक होलमा छिरेका तत्वहरु विस्फोट हुदाँ पुन बाहिर आउने भन्दै आफ्नो अघिल्लो दाबीलाई सच्याए । जीवनको उत्तराद्र्वमा उनले पृथ्वीको अन्त्य हुन सक्ने भविष्यवाणीसमेत गरेका थिए । जलवायु परिर्वतन र नयाँ नयाँ भाईरसका कारण मानव जीवनको अन्त्य हुन सक्नेमा पनि उनी चिन्ता ब्यक्त गर्थे । साथै, उनले कृत्रिम बौद्विकतामा आधारित स्वचालित हतियारका कारण मानवताकै अन्त्य गर्न सक्ने तर्क समेत राखेका छन् । मानव निर्मित भाइरस, आण्विक युद्घ वा प्रकोपका कारण पृथ्वीमा मानव जीवनको अन्त्य हुन सक्छ, शून्य गुरुत्वकर्षणको अनुभव एक विशेष प्रकारको विमानमा चढेपछि सन् २००७ मा उनले भनेका थिए, अर्को ग्रहमा नगए मानव जातिको अस्तित्व रहने छैन ।

सन् २०१३ के एक अन्तर्वातामा उनले रोगले थलिदा सुरुमा आफु निकै पिडामा भए पनि यसैलाई आफ्नो शक्ति बनाएको उल्लेख गरेका छन् । रोगले थलिँदा सुरुमा निकै पीडा भयो उनले भनेका थिए, तर पछल्लो समय म आफ्नो जीवनदेखि सन्तुष्ट छु । रोगले थलिदा पनि आफुलाई सामान्य व्यक्तिले झै जीवनयापन गर्न नरोकेको उदाहरण दिदै उनी भन्थे, मान्छेले आश गर्न छाड्नु हुन्न ।

पहिली पत्नी जेनसँग १९९५ मा सम्बन्धविच्छेद गरेपछि उनले आफ्नै हेरचाह गर्न खटिएकी नर्स इलिन म्यासनसँग दोस्रो विहे गरेका थिए । यो सम्बन्ध पनि २००६ सम्ममात्र टिक्यो । जीवनको अन्त्यतिर हकिङ केही धार्मिक पनि भए । डिस्कभरि च्यानललाई दिएको लामो अन्तर्वातामा भगवानतर्फ संकेत गर्दे उनले भनेका थिए, “कतै मान्छेभन्दा बुद्घिमानी मानिस छ भनेर सोच्नु तर्कसंगत छ ।” उनी रोगको सुरुवाती बेलामा आफ्नो ह्विलचियरलाई अनियन्त्रित हुने गरी दौडाईरहन्थे, जसका कारण उनलाई धेरै चोट पनि लाग्यो । मृत्युबारे पनि उनले साह्रै घतलाग्दो कुरा बोलेका छन् । “यत्तिका वर्ष चाडैँ मर्छु होला भनेर बाँचे, अव मृत्यु सँग डर छैन तर मर्न हतार पनि छैन ।”
आजको राष्ट्रिय दैनिक कान्तिपुरमा खबर छ ।

Leave a Reply

Your email address will not be published.