राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई गृह जिल्लामा स्वागत

प्रदेश प्रदेश ४ समाचार

लिभु संवाददाता


पर्वत– राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला पुग्नु भएको हो । उहाँलाई जन्मगाउँ मोदी गाउँपालिका वडा नं ७ राम्जादेउरालीमा बाजागाजासहित स्वागत गरिएको थियो । त्यसैगरी कुस्मास्थित जिल्ला समन्वय समितिको कार्यालयमा सम्मान ग¥यो ।

तिमिल्सिना जिल्लाको राजनीतिक इतिहासमा पहिलो पटक सबैभन्दा माथिल्लो राजकीय पदमा पुग्ने व्यक्तित्व हुनुहुन्छ । उहाँ राम्जादेउरालीका तत्कालिन गाविस अध्यक्ष त्यसपछि तत्कालिन जिल्ला विकास समितिमा २०५४ देखि २०५९ सम्म सभापति हुनुहुन्थ्यो ।

सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले आफू विकास निर्माण गर्ने जिम्बेवारीमा नपुगेपनि पर्वत जिल्ला सधै प्राथमिकतामा रहने बताउनुभयो । ‘म अहिले विकास निर्माण गर्नेभन्दा कानुन निर्माण गर्ने निकायमा छु’ उहाँले भन्नुभयो, ‘मैले जिल्लाको विकास निर्माणलाई कसरी सहयोग पु¥याउन सक्छ सधै प्रयत्नशील रहनेछु ।’

Leave a Reply

Your email address will not be published.