नेपाल संवत् ११३९ को शुभकामना

समाचार

शंखधर साख्वा न्याय र समानताका अभियन्ता – प्रम ओली
लिभु संवाददाता
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा न्याय र समानताका अभियन्ता भएको उल्लेख गर्नुभएको छ ।
नेपाल संवतको नयाँ वर्ष ११३९ का अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले साख्वा कै योगदानका कारण नेपालको मौलिक संवत् नेपाल संवत प्रचलनमा आएको उल्लेख गर्नुभएको छ । साख्वाको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको छ ।

प्रधानमन्त्री ओलीले नेपाल संवत्को सुरुवातको घटना नै प्रेरणादायी भएको सन्दर्भ पनि उल्लेख गर्नुभएको छ । ‘शंखधर साख्वाले ११३९ वर्षअघि ऋणमा बाँधिएका गरिब किसानहरुलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराउनु भएको थियो । त्यही बेलादेखि सुरु भएको नेपाल संवत्ले हामीलाई हरेक वर्ष नेपाली संस्कृतिमा विद्यमान परोपरकारी भावनाको बारेमा बताउँदै आएको छ,’ प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, ‘नेपाली समाजको गौरवशाली विगत र मूल्यमान्यतालाई अक्षुण्ण राख्नसमेत यो संवत्ले हामीलाई झक्झक्याउँदै आएको छ ।’

शंखधर साख्वाले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराएर स्वतन्त्रता दिलाएकै कारण शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफलभएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । ‘काठमाडौं उपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने, नेपाल संवत्का प्रवर्तक, समाज सुधारक तथा प्रगतिशिल व्यक्तित्व शंखधर साख्वाको विशेष स्मरण गर्न चाहन्छु,’ प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

यो वर्ष ‘भिन्तुना ¥याली’ ¥याली स्थगित

तिहारको गोवर्धन पूजाका दिन नेपाल संवत्को पहिलो दिन नयाँ वर्ष मनाउने चलन छ । विशेष गरेर उपत्यकाको तीन सहर काठमाडौं, भक्तपुर र ललितपुरको नेवार समुदायले छुट्टाछुट्टै रुपमा विशेष तामझाम, मोटर साइकल भिन्तुना ¥याली, शुभकामना आदानप्रदान गर्ने गरिन्थ्यो ।

यो वर्ष मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधनका कारण सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ । नेवाः देय दबूका अध्यक्ष नरेश ताम्राकारले नेपालभाषा आन्दोलनका नेता पद्मरत्न तुलाधरको असामयिक निधन भएकोले उहाँको सम्मानमा न्हु दँय भिन्तुना कार्यक्रम स्थगित भएको बताउनु भयो । हरेक वर्ष बसन्तपुर, ललितपुर र ललितपुरमा हुने न्हु दँः भिन्तुना विशेष समारोह प्रधानमन्त्री मुख्य आतिथ्यमा हुने गथ्र्यो । भन्नुभयो, ‘म यसपालि कही पनि भाग लिन गइन ।’

भक्तपुरको ठिमीस्थित राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले औपचारिक कार्यक्रम सामान्य रुपमा सम्पन्न गर्ने जनाएको छ । प्रतिष्ठानले अरनिको राजमार्गसँगै ठिमी चोकमा राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमा निर्माण गरेको छ । ‘ नेपाल भाषा आन्दोलनका नेता पद्मरत्न तुलाधरको निधन यो वर्ष विशिष्ट परिस्थिति भएकोले राष्ट्रिय विभूतिको प्रतिमामा सामान्य माल्यार्पण कार्यक्रममात्र हुनेछ,’ प्रतिष्ठानका सचिव ज्ञानराम श्रेष्ठले भन्नुभयो, ‘प्रतिमामा माल्यार्पणपछि सम्मान कार्यक्रम हुनेछ ।’

प्रतिष्ठानले यो वर्ष संस्थागततर्फ नेपाल संवत्को पञ्चांगपत्र निर्माण समिति र नेपालभाषाका साहित्यकार राजा शाक्यलाई सम्मान गर्ने जनाइएको छ । सम्मान प्रदान गर्न स्थानीय जनप्रतिनिधिबाट हुनेसमेत श्रेष्ठले बताउनु भयो । टोखा, बलम्बु, बनेपा, धुलिखेल लगायत स्थानमा समेत न्हु दँः भिन्तुना कार्यक्रमहरु स्थगित भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.