कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गरिन्छ ः मुख्यमन्त्री शाही

प्रदेश प्रदेश ६ राजनीति

लिभु संवाददाता

प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही

भक्तपुर– प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताउनु भएको छ ।
भक्तपुरस्थित रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले ६ नं प्रदेश गरिबी र आर्थिक अभावका बिच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रुपमा विकास गरी भ्रष्टाचार मुक्त तुल्याउने बताउनुभयो ।

देशको कुल बजेटको आधा बजेट कर्णाली प्रदेशलाई उपलब्ध गराउन सके यसले देशको आर्थिक विकासमा टेवा पुुर्याउने भन्दै शाहिले कर्णाली प्रदेशलाई स्वायत प्रदेशका रुपमा केन्द्र सरकारले कानुनमै सम्बोधन गर्नु पर्ने बताउनु भयो । प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको र यसले अबको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना बिभिन्न गतिविधिलाई तिब्रताका साथ कार्यान्वयनमा ल्याउने बताउनुु भयो ।

उहाँले ठालू भएर अरुलाई काम लगाउने प्रवृत्तिको अन्त्य गर्दै युवा दस्तालाई श्रम तर्फ अकार्षण गर्ने गरी रोजगारीको सिर्जना गर्दै किास अभियान थालेको बताउनु भयो । प्रदेश सरकार सञ्चालन नयाँ विषय भएको र सञ्चालनमा प्रभावकारीता ल्याउन दक्ष कर्मचारी नहुँदा समस्या देखिएको उल्लेख गर्नु भयो । कर्णाली प्रदशेलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्न र पूर्ण रुपमा विषादी मुक्त बनाउने अभियानमा एक मात्र नाकालाई कडाई गरिन थालेको जनाउनु भयो ।

उहाँले सामाजिक सञ्जालले विकासका गतिबिधि भन्दा पनि विकृति निम्ताएको उल्लेख गर्दै प्रदेशमा समयको मापदण्ड तोकी सामाजिक सञ्जालको अनावश्यक प्रयोगलाई नियन्त्रण गर्ने जनाउनु भयो । कर्णाली प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि आगामी बर्षलाई पर्यटन बर्षका रुपमा अगाडी बढाउँदै यस क्षेत्रमा रहेका अथाहा सम्भावना बोकेका क्षेत्रको पहिचान गराउने गुरुयोजनामा लागेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.