फोनिजको अध्यक्षमा डण्ड गुरुङ पुन निर्विरोध

मुख्य समाचार समाचार

लिभु संवाददाता
काठमाडौँ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को अध्यक्षमा डण्ड गुरुङ पुनस् निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न फोनिजको छैटौं महाधिवेशनबाट गुरुङ दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, खुलातर्फ उपाध्यक्षमा लक्की चौधरी, महिला उपाध्यक्षमा देविका घर्तीमगर चयन भएका छन्। महासचिवमा भने मनोज घर्ती मगर सर्वसम्मत भएका छन्। वरिष्ठ उपाध्यक्ष राई यसअघि महासचिव र नवनिर्वाचित महासचिव मगर सचिवको जिम्मेवारीमा थिए।

यस्तै संगठन सचिवमा मिलन लिम्बू, संस्थागत सचिवमा जगत दोङ र अल्पसंख्यक सचिवमा कमन देवान निर्वाचित भए भने कोषाध्यक्षमा अमरध्वज लामा र सहकोषाध्यक्षमा अञ्जना शिल्पकार चयन भएका छन्। महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्य र संस्थागत सदस्य समेत चयनभएको छ ।

फोनिजको महाधिवेशन शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए।

याे हेर्नुहाेला

Leave a Reply

Your email address will not be published.