किराया युएइको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा साम्पाङ

प्रवास

विद्रोही साइँला/अञ्चल रार्इ

युएई- किरात रार्इ यायोखा साखा युएइको सातौं अधिवेशन दुबइ स्थित लस्सी हाउसमा २८/०९/०१८ शुक्रबार सम्पन्न भएको छ । यसै संस्थाका अध्यक्ष हर्क जंग किरातीको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महा सङ्घ युएइका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिंग तामाङको प्रमुख आतिथ्यामा सम्पन्न यस अधिवेशनमा विभिन्न जातीय सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

संस्थाका महासचिव तेज रार्इबाट सञ्चालन भएको खुल्ला सत्र कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बुद्दी रार्इ ‘ओबेग’ले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सङ्गठनको प्रगति प्रतिवेदन महासचिव तेज रार्इले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सरू शित्तल रार्इ बाट प्रस्तुत गरिएको थियो ।

अतिथिको टेबल बाट बोल्ने क्रममा किरात रार्इ यायोखा शाखा यूएइ मूल कार्यसमितिका संस्थापक अध्यक्ष श्री कटक बहादुर रार्इले भन्नु भयो- “००५ देखी ०१८ सम्म निरन्तर यायोक्खा यूएइ अघि बढिरहँदा पहिलो पटक अध्यक्ष तथा महासचिव जस्तो गरिमा मय पदमा प्रत्याशीहरू रहे, यो भनेको सङ्गठनको उपलब्धि हो । यस भन्दा पहिलेका अधिवेशनहरूमा दक्ष र अनुभवी उम्मेदवारहरू खोज्नु पर्थ्यो .”

कार्यक्रममा नेपाल आदिवासी जनजाति महा सङ्घ युएइका वरिष्ठ उपाध्यक्ष-सुरेन्द्र थिंग तामाङ, तामाङ समाज युएइका अध्यक्ष-महेश मोक्तान, सुनुवार सेवा समाजका अध्यक्ष नरबहादुर सुनुवार, किरात रार्इ यायोक्खा शाखा युएइका संस्थापक महासचिव राजकुमार राइले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्दै युएइमा जातीय सङ्गठन निर्माणको औचित्य र यसका चुनौतीहरू बारे व्याख्या गर्नु भएको थियो ।

अधिवेशन को उद्घाटन सत्र समापन भए सङ्गै सुरु भएको बन्द सत्र कार्यक्रमको अध्यक्षता निर्वाचन मण्डल संयोजक यसै संस्थाका संस्थापक अध्यक्ष कटक बहादुर रार्इले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन निर्वाचन मण्डल समिति सदस्य मुम्चे रार्इ ‘ विद्रोही साइँला’ को रहेको थियो । उम्मेदवारहरूको नामावली घोषणा सङ्गै प्रत्याशी उम्मेद्वारहरूलार्इ आफ्नो उम्मेदवारी माथि बोल्न दिइए लगतै सहमतिय प्रणाली बाट नयाँ कार्यसमिति छनौट गर्न मञ्च खुल्ला गरिएको थियो । खुल्ला बहस र छफफल बाट अन्ततः चन्द्रकला साम्पाङ रार्इको नेतृत्वामा १९ सदस्य नयाँ कार्यसमिति चयन गरी घोषणा गरियो ।

अत्यन्त जुझारू तथा निर्भीक स्वभावकी साम्पाङ को कार्यकारी टिममा उस्तै दक्ष र अनुभवी अन्य सदस्यहरू देखिन्छन् । जसमा वरिष्ठ उपाध्यक्ष बुद्दी रार्इ ‘ओबेग’ निरन्तर दुर्इ कार्यकाल बाट वरिष्ठ उपाध्यक्ष हुन भने, महिला उपाध्यक्ष विजय लक्षमी साम्पाङ रार्इ आदिवासी जनजाति महासङ्घ यूएइका वर्तमान उपाध्यक्ष हुन । अर्का उपाध्यक्ष सुवास बानु रार्इ र महासचिव डीके रार्इ सङ्गठनका मूल खम्बा नै मानिन्छन् । साहित्यकार सरूशित्तल रार्इले छैँठौ कार्यकालमा आर्थिक सम्पादन सहज र सरल पराले गरि सक्नु भएको छ भने, सचवि दुर्योधन साम्पाङ रार्इको अधा उमेर सङ्गठनमै विति सकेको देखिन्छ भने, फोनिज पत्रकार तथा पहिचान वादी युवा अञ्चल रार्इ यसै सङ्गठनका प्रवक्ता जस्तो गरिमा मय पदमा निर्वाचित भएका छन् ।

चन्द्रकला साम्पाङ राई

को हुन् चन्द्रकला साम्पाङ रार्इ ?
भोजपुरको छोरी भएर ओखलढुङ्गाको बुहारी हुन पुगेकी चन्द्रकला साम्पाङ रार्इले त्रिभुवन विश्वविद्यालयबाट हेल्थ एजुकेशनमा मास्टर डिग्री हासिल गर्नु भएको छ । हाल युएइमा शिक्षण पेसा गरिरहनु भएकी चन्द्रकला साम्पाङ रार्इ पहिचानबादी आन्दोलनमा स्वदेश तथा विदेशमा क्रियाशिल हुनुहुन्छ । किरातीहरूको भूगोल, भाषा, संस्कार, संस्कृति, मुन्धुम , तिनचुला जस्ता संरचनाहरूको संरक्षण, संवर्धन र यसको विकासमा लाग्दै अघि बढ्ने ढृड सङ्कल्प सहित सङ्गठनमा प्रवेश गरेको बताउने साम्पाङ यायोक्खा यूएइको अध्यक्ष पद सम्हाले पछि किरात समुदाय माथि राज्यले गरेको ज्यादतीको पनि लेखाजोखा राख्नेमा टेवा पुग्ने छ भन्ने विश्वास युएइमा रहेको किराती तथा गैह्र किरातहरूले गर्दै यसको विश्लेषण गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *