फोरम सरकारमा सहभागी हुने

राजनीति

लिभु संवाददाता
काठमाडौं– संघीय समाजवादी फोरम नेपाल सरकारमा सामेल हुने भएको छ । सत्ता?ढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र फोरमबीच सोमबार दुई बुँदे सहमतिसँगै सहभागिता सुनिश्चित भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबबीच सोमबार सम्पन्न वार्तापछि सहमती भएको हो । सहमति अनुसार फोरम नेपाल अब सरकारमा सामेल हुने भएको छ ।

सहमति अनुसार संघीय समावादी फोरम, नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाह?का सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयह? देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने जनाइएको छ । सरकारद्वारा गर्न सकिने कामह? सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ । यसैगरी सहमतिको अर्को बुँदामा भनिएको छ, ‘उपरोक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम,नेपाल सरकारमा सामेल हुनेछ ।’

तस्बिर – प्रधानमन्त्रको सचिवालय

Leave a Reply

Your email address will not be published.