पूर्व प्रधानमन्त्रीहरुसँग छलफल

राजनीति समाचार

लिभु संवाददाता
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका विषयमा छलफल गर्नुभएको छ ।

मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित छलफलमा अव्यस्थित बसोबासलाई कसरी व्यवस्थितगर्ने भन्ने बारेमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास विकासको बाधक भएकोले त्यसलाई व्यवस्थित गर्न बस्तीहरु स्थानान्तरण गर्नु पर्ने प्रस्ताव गर्नु भएको सचिवालयले विज्ञप्तिमा जनाएको छ ।

यसैगरी भू–उपयोग सम्बन्धि नीति पनि बनाउनु पर्ने पूर्व प्रधानमन्त्रीहरुले सुझाव दिनुभएको जनाइएको छ । बैठकमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रि परिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मी सहभागिता हुनुहुन्थ्यो ।

तस्बिर ः प्रधानमन्त्रीको सचिवालय

Leave a Reply

Your email address will not be published.