मृत्यु संस्कार गर्न समस्या

श्याम राई किरात समुदायमा मृतकको शव गाड्ने परम्परा छ। यो समुदायमा राई, लिम्बू, याक्खा र सुनुवार पर्दछन्। सबै किरातीहरुको शव गाडिन्छ। किरात समुदायले राजधानीको पशुपतिको वनकाली क्षेत्रमा परापूर्वकाल देखि नै शव गाड्दै आएका छन्। तर, पछिल्लो समयमा पशुपति क्षेत्र विकास कोषले वनकाली क्षेत्र (मृगस्थली वन) मा शव गाड्न नदिएपछि किरात समुदायलाई मृत्यु संस्कार गर्न समस्या […]

Continue Reading

किरात ‘येले संवत्’को सान्दर्भिकता

गणेश राई किराती समुदायमा माघको पहिलो दिन नयाँ वर्षका रुपमा मनाउने चलन छ। काँचो तरुलको भित्री भाग नङले कोट्याएर निधारमा ट्यास्स टाँसेर टीका लगाएपछि नयाँ वर्षको स्वागत गरेको मानिन्छ। यस दिन घरघरमा वन तरुल, घर तरुल, सिमल तरुल, सुठुनी (सखरखन्ड), पिडालु, बदाम, इस्कुसको जरा, गिठा, भ्याकुर आदि माटोमुनि फल्ने कन्दमुलहरु उसिनेर खाने चलन छ। पछिल्लो […]

Continue Reading

कसरी शुरु भयो किरातको नयाँ वर्ष येले संवत् ?

२०७५ माघ २ गते १३:३९ मा प्रकाशित यतिखेर सामाजिक सञ्जाल फेसबुकको भित्ताहरूमा किरात येले संवत्को शुभकामना आदान प्रदान गर्नेहरुको ताँती देखिन्छ । विशेषगरी किराती युवामाझमा विस्तारै लोकप्रियता बढेको अनुभूति भइरहेको छ । आपसी सद्भाव साटासाट गर्ने सहज बनेको छ । हामी किरातीहरुको पहिचानसित जोडिएको किरात येले संवत्लाई थप चासोका साथ हेर्ने गरिएको छ । देश–विदेशमा […]

Continue Reading

मातृभाषाको माया

रेनुका राई काठमाडौँ — संविधानले भाषिक समुदाय र विज्ञहरूले उठाउँदै आएका मागलाई सम्बोधन गर्दै भाषाको अस्तित्व, स्वामित्व र पहिचान सम्बन्धी विभिन्न व्यवस्था गरेको छ । संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानेको छ । संविधानको धारा २८७ मा संविधान प्रारम्भ भएको मितिले एक वर्षभित्र प्रदेशहरूको प्रतिनिधित्व हुनेगरी भाषा आयोगको गठन हुनुपर्ने व्यवस्था छ । त्यही अनुसार नेपाल सरकार […]

Continue Reading

राजाको अलपत्र योजना

‍रेवतीरमण खनाल काठमाडौँ — छयालीस सालको राजनीतिक परिवर्तनपछि मैले संवैधानिक भएका राजा वीरेन्द्र धेरै नै एक्लो परेको अनुभव गरेंँ। संविधान निर्माण आयोग आफ्नै काममा व्यस्त थियोरु। प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भने अञ्चलाधीशहरूलाई खारेज गर्ने, पशुपति क्षेत्र विकास कोष तथा लुम्बिनी विकास कोष, सामाजिक कल्याण परिषद्को अध्यक्ष र अन्यत्र पनि राजसंस्थासँग नाम जोडिएका संस्थाबाट राजपरिवारका नाम हटाउने […]

Continue Reading

श्रद्धाञ्जली पत्रकार एमडी कुलुङ – तिमी माटो भयौ, हामी धुवाँ

ध्रुव लम्साल ‘ए बाजे । तिम्रो रिपोर्ट कस्तो आयो ?’ गत १२ पुस बिहीबारको दिन म घाममा बसेर पत्रिकाको पाना ओल्टाइ पल्टाइ गरिरहेको थिएँ । पत्रिका एकपल्ट पढिसकेपछि केही छुट्यो कि भनेर ओल्टाइ पल्टाइ हेर्ने पुरानै बानी हो । ‘मैले त चेकै गराइनँ, मेडिकलको सिटामोलले ज्वरो ठीक भयो,’ एमडी कुलुङलाई जवाफ दिएँ । ‘म त […]

Continue Reading

किरात राई सामुदायिक पुस्तकालय स्थापना

भूपेन्द्रकुमार राई हात्तीवन (ललितपुर) । किरात राई समुदायसँग सम्बन्धित मुन्धुम, संस्कार, संस्कृति, भाषा, साहित्य र इतिहाससम्बन्धी कृति एवम् किरात राई सर्जकले सिर्जना गरेका विभिन्न विधाका कृति संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले किरात राई सामुदायिक पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ । चन्द्रकुमार राई हतुवाली, अरूणकुमार राई, ढुण्डीराज राई, सिक्टन राईको सक्रियतामा संवत् […]

Continue Reading

पत्रकार गजुरधन राई लगायत पुरस्कृत

लिभु संवाददाता काठमाडौं – तमू ल्होछार ल्होसारको अवसरमा तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले सातजना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा पत्रकारहरुलाई पुरस्कृत गरिएको हो । पूर्वप्रधान सेनापति छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट युनाइटेड खबरका राजबहादुर गुरुङ र नेपाल टेलिभिजनका गजुरधन राई पुरस्कृत भएका छन् । सो पुरस्कारको राशी जनही २० […]

Continue Reading

रेशम चौधरी शपथ ग्रहण ३ बजे

लिभु संवाददाता काठमाडौँ — टीकापुर घटनाको मुख्य अभियुक्तको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीले शपथ लिने भएका छन् । बिहीबार बिहान साढे ११ बजे प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको कार्यकक्ष सिंहदरबारमा चौधरीलाई सांसदको शपथ ग्रहण गराउने कार्यक्रम रहेको भएपनि चौधरी आउन ढिला हुने र संसद मध्यान्ह बस्ने भएछि ३ बजेलाई शपथको कार्यक्रम सारिएको […]

Continue Reading

लुङ्खीम गाउँ र भाषा प्रेम

भीम गौतम भाषाहरुको अध्ययन अनुसन्धानको क्रममा यसपटक नेपालमा बोलिने भाषाहरुमध्ये राइ/किरांत समुहको लुङ्खीम भाषिक समुदायको स्थलगत अध्ययन गर्ने मौका जुर्‍यो। एथ्नोलग २०१२ र अन्य अनुसन्धानवाट लगभग मृतप्राय भएको यो भाषाको अनुसन्धानमा भाषा आयोग नेपालले त्रिभुवन विश्वविध्यालयको भाषाविज्ञान केन्द्रीय विभागलाई जिम्मा दिएको थियो। दसैँ टिकाको लगत्तै म र डा. तारामणि राई भोजपुरको उत्तरी सिमानामा पर्ने लुङ्खीम […]

Continue Reading