पदमुक्त’ प्रधानन्यायाधीश गोपाल पराजुलीबाट राष्ट्रपतिले लिइन् सपथ

लिभु संवाददाता काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष सपथ लिएकी हुन् । राष्ट्रपतिले सपथ लिनुअघि प्रधानन्यायाधीश पराजुली पदमुक्त भएको पत्र न्यायापरिषद सचिवालयले सार्वजनिक गरिसकेको थियो । न्यायपरिषदले पदमुक्त गरेकै व्यक्तिबाट राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ लिएकी हुन् । न्यायपरिषदको पत्रमा पराजुली उमेर हदका कारण […]

Continue Reading

पत्रकार सिग्देलको ‘पूर्वको राजनीति’ पुस्तक

लिभु संवाददाता काठमाडौं– झापाका पत्रकार तीर्थ सिग्देलले ‘पूर्वको राजनीति’ नामक पुस्तक बजारमा ल्याएका छन् । सिग्देल दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । मिडिया रिसर्च सेन्टरले प्रकाशित यस पुस्तकामा नेपालको संघीय प्रदेश १ को राजनीतिक घटनालाई विश्लेषण गरिएको छ । ‘राजनीति गर्नेहरूलाई यो पुस्तक अत्यावश्यक छ,’ फागुन तेस्रो साता सार्वजनिक गरिएको पुस्तकबारे उनले भने, ‘किनभने जो […]

Continue Reading

नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा आज हुँदै

काठमाडौं । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन आयोगले आज गर्दैछ । उपराष्ट्रपति पदका लागि शनिबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिइएकोमा वाम गठबन्धनका नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेको थियो । उपराष्ट्रपतिका लागि चैत ९ गते मतदान गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरे पनि पुनविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि आयोगले आज उनी निर्विरोध निर्वाचित […]

Continue Reading

प्रधानमन्त्रीले बोलाए सातै मुख्यमन्त्रीलाई सिंहदरबार

लिभु संवाददाता काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग आज छलफल गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे प्रदेश सरकारका समस्याबारे प्रधानमन्त्रीले मुख्यमन्त्री र प्रदेशका प्रमुख सचिवसँग छलफल गर्न लागेका हुन्। प्रदेश सरकारका प्रतिनिधिहरुले सरकार सञ्चालनका लागि असुविधा झेलिरहेको गुनासो गरिरहेका बेला प्रधानमन्त्री ओलीले छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक […]

Continue Reading

राजनीतिक परिवर्तनमा दलित समुदायको उच्च योगदान ः प्रम ओली

लिभु संवाददाता काठमाडौं चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकिकरण देखि हालसम्म भएका सम्पूर्ण राजनीतिक संघर्षमा दलित समुदायको योगदान उच्च रहेको बताउनुभएको छ । ५३ औं अन्तर्राष्ट्रिय जातीयविभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले परम्परागत कुसंस्कार कारण नेपालमा अझै पनि जातीय विभेद कायम रहनु दुःखत रहेको बताउनुभएको छ । ‘सरकारले आगामी दिनमा […]

Continue Reading

कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गरिन्छ ः मुख्यमन्त्री शाही

लिभु संवाददाता भक्तपुर– प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त प्रदेशका रुपमा विकास गर्ने बताउनु भएको छ । भक्तपुरस्थित रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले ६ नं प्रदेश गरिबी र आर्थिक अभावका बिच अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसलाई नमूना प्रदेशका रुपमा विकास गरी भ्रष्टाचार मुक्त तुल्याउने बताउनुभयो […]

Continue Reading

आरक्षणभन्दा प्रतिष्पर्धामा विश्वास गर्नुहोस् ः प्रम ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्न आग्रह गर्नु भएको छ । राष्ट्रिय महिला उद्यमी महासंघले बिहीबार ललितपुरमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त विचार व्यक्त गर्नुभएको हो । ‘आरक्षण केही समयलाई हो, पछिलाई काम लाग्दैन,’ […]

Continue Reading

महिलाले भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर ः प्रधानमन्त्री ओली

लिभु संवाददाता काठमाण्डौ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रुपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भिर रहेको बताउनुभएको छ । अन्तराष्ट्रिय नारी दिवशको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सामाजिक पछौटेपन,अन्धविश्वास, कुरिती र त्यसबाट महिलाहरुले भोग्नु परेका समस्या अन्त्यका लागि सरकारले विभिन्न प्रयास जारी राख्ने बताउनुभएको छ । […]

Continue Reading

किरात प्रदेश नामाकरणको लागि हस्तक्षर अभियान सुरू

लिभु संवाददाता काठमाडौं– नेपालको संघीय प्रदेश–१ लाई ‘किरात प्रदेश’ नामाकरण गर्न दबाव दिने उद्देश्यले किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा शुक्रबारदेखि हस्ताक्षर अभियान सुरू भएको छ । केन्द्रीय राजधानी काठमाडौको कोटेश्वरस्थित यायोक्खा हातामा हस्ताक्षर अभियान सुरू भएको हो । यायोक्खा केन्द्रीय कार्यसमितिका कार्यवाहक अध्यक्ष दिवस राईले अभियान उद्घाटन गर्दै किरात कुनै एउटा जाति विशेष नभएर […]

Continue Reading

उपराष्ट्रपति निर्वाचनको मिति घोषणा

लिभु संवाददाता काठमाण्डौ । उपराष्ट्रपतिको निर्वाचन २०७४ साल चैत्र ९ गते हुने गरी निर्वाचन आयोगले मिति तय गरेको छ । बुधबार माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवज्यूको अध्यक्षता बसेको आयोगको बैठकले सो निर्णय गरेको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५ (२) मा राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको […]

Continue Reading